Siraha Times
ताजा समाचार

पिडा वुझन किशानको खेतखेतमा पुगे संसद दिलिप साह

प्रदेश सरकार समयमै बजार ब्यबस्थापन र क्षतीको हिसाबले राहत उपलब्ध गरिदिन माग

  • वैशाख २५, २०७७
  • १४२६ पटक पढिएको
  • ओम प्रकाश
alt

श्रीकान्त झा । सिरहा । बैशाख २५ गते । करोना भाईरसको मध्य नजर गर्दै नेपाल सरकारले जारी गरेको लकडाउन का कारण स्थानिय किसानहरु मारमा परेको वखत प्रदेश २ का संसद दिलिप साहले किशानको समस्या वुझन किसानको खेतखेतमा पगेका छन् ।
किशानका पिडा वुझदै संसद साहले भनेविश्वव्यापी महामारी कोरोना भाईरसको कारणले मानव जगत नै संकटमा परेको अवस्था छ । सरकारले जारी गरेको लकडाउनका कारणले सिरहा र धनुषाको सिमानामा रहेको कमला नदीको बगरमा फलफुल र तरकारी खेति गर्दै आएको किसानको लाखौको लागत समेत डुब्ने खतरामा रहेको छ । सिरहा जिल्लाका कमला नदीसंग जोडीएका बिभिन्न नगरपालिकाका किसानहरु कमलाको बगरमा बिभिन्न प्रकारका फलफुल तथा तरकारी खेति गर्दै आएका छन । कर्जन्हा, कल्याणपुर, सिराहा नपा. लगायतका किसानहरु हजारौ बिगहामा लगाएका तरबुज र तरकारी अहिले बजारमा जानुपर्ने बेला बजार ब्यबस्थापन नभएर खेतमै कुहिने अबास्था सृजना हुँदा गम्भीर ध्यानाकर्षण भएको छ ।
तारबुजा, काँक्रों, करेला लगायतका काठमाडौ र इटहरीसम्म पुग्ने गरेपनि यस वर्ष बिक्रि गर्न नसकेको कारण तिन महिना देखिको मेहनत, लगानी खेतमै नष्ट हुने भएको छ । कर्जन्हा नगरपालिकामा मात्रै पाँच सय बिघामा भइरहेको तारबुजा र काँक्रोको खेती नष्ट हुने स्थितिमा छ । किसानहरुको लगानी डुब्ने तथा श्रणको भारी बोक्नु पर्ने अवस्था छ । तसर्थ, संघीय सरकार, प्रदेश २ सरकार लगायत सम्बन्धित सबै निकाय संग समयमै बजार ब्यबस्थापन र क्षतीको हिसाबले राहत उपलब्ध गरिदिन संसद साहले जोडदार माग समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१