Siraha Times
ताजा समाचार

बोदेबरसाईन–७ मा नेपाली कांग्रेसको घरदैलो अभियान तीव्र

  • फागुन १, २०८२
  • २८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान फाल्गुन ०१ । सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत बोदेबरसाईन नगरपालिका वडा नम्बर–७ का हैंठी, फुलहारा, मानराजा र बगबिरा क्षेत्रमा Nepali Congress को चुनावी घरदैलो अभियान तीव्र रूपमा सञ्चालन गरिएको छ। अभियानमा नेता तेजुलाल चौधरीको सक्रिय उपस्थिति र नेतृत्वले स्थानीय स्तरमा उत्साह र चहलपहल थपिएको देखिएको छ।

घरदैलो अभियान अन्तर्गत नेता चौधरीले टोल–टोल पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरेका छन्। सो क्रममा उनले नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षाहरू ध्यानपूर्वक सुन्नुका साथै आगामी विकासका प्राथमिकता र योजनाबारे खुला छलफल गरेका थिए। स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका विषयमा केन्द्रित संवादले अभियानलाई थप प्रभावकारी बनाएको सहभागीहरूको भनाइ छ।

अभियानमा विभिन्न उमेर समूहका मतदाताको सहभागिता देखिएको छ। विशेषगरी युवाहरूको सक्रिय उपस्थिति र घरदैलोमा देखिएको उत्साहले चुनावी माहोल तातेको स्थानीयले बताएका छन्। पार्टीका स्थानीय कार्यकर्ता तथा समर्थकहरू समेत अभियानमा परिचालित भएका छन्। घरदैलो कार्यक्रममै मेयरका प्रत्यासी दिपेन्द्र कुमार यादव (उर्फ बाबू सहाब) समेत सहभागी भई मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।

उनले विकास, सुशासन र पारदर्शितालाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जनसरोकारका मुद्दालाई पहिलो प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले काम गर्ने उनको भनाइ थियो। स्थानीय युवा चन्द्र शेखर यादवले नेता चौधरीको भूमिकाको खुलेर प्रशंसा गरे। उनले भने, “हामी अत्यन्तै खुशी छौं। कांग्रेसका नेता चौधरीले यस क्षेत्रमा खेलेको भूमिका युवा पुस्ताले कहिल्यै बिर्सिने छैन।

यस पटक मात्र होइन, आगामी दिनमा पनि उहाँकै नेतृत्वमा यहाँको विकासले निरन्तरता पाओस् भन्ने हाम्रो चाहना हो।” निरन्तर घरदैलो, प्रत्यक्ष संवाद र स्थानीय मुद्दामा केन्द्रित अभियानका कारण बोदेबरसाईन–७ क्षेत्रमा कांग्रेसको चुनावी गतिविधि थप सशक्त बन्दै गएको आकलन गरिएको छ। स्थानीय मतदातासँगको प्रत्यक्ष सम्बन्धलाई नै जितको आधार बनाउने रणनीतिसहित अभियान अगाडि बढाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

टुटेको झोपडीमा बाँच् ...

रहमुल, सिरहा ४ वैशाख। सिरहाको भगवानपुर गाउँपालिका–१, भगवानपुरस्थित पूर्व–पश्चिम हुलाकी स ...

लाहानको विकट बस्तीमा ...

विनोद अविरल, लहान बैशाख ४, सिराहा । ​सिराहाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्रको रूपमा ...

सेनाको कमाण्ड तथा स् ...

वैशाख ४ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं. ३३ कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ । ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१