Siraha Times
ताजा समाचार

खाली गरियो थापाथलीको सुकुमबासी बस्ती

  • वैशाख १२, २०८३
  • ३५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरु अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौं महानगरपालिका-९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरू रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीले बिहीबार साँझ नै बागमती किनार आसपास माइकिङ गरेर थापाथली, सिनामंगललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्ती खाली गर्न भनेको थियो।यसैबीच सरकारले राजधानीका वास्तविक सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने भएको छ। कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प अघि सारेको छ। साथै शनिबार र आइतबारका लागि सरकारले नै खाद्य व्यवस्थापनको जिम्मा लिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१