ताजा समाचार

सिरहामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु हुँदै, ६० हजार बालबालिकाको पोषण अवस्था जाँच गरिने

  • वैशाख १५, २०८३
  • ७३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सन्जय महरा सिरहा, १५ वैशाख । सिरहा जिल्लामा बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूको पोषण अवस्था पहिचान गर्न ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन गरिने भएको छ। नेपाल सरकारको आयोजनामा सञ्चालन हुने यस अभियानमा दलित विकास मञ्च (DDF), गोलबजार सिरहाले Helen Keller International को आर्थिक सहयोग तथा जिल्लाका १७ वटै स्थानीय तहसँगको समन्वयमा सहकार्य गर्ने भएको हो।

‘जीवनका लागि पोषण कार्यक्रम’ अन्तर्गत सञ्चालन हुने यो अभियान वैशाख १५ गतेदेखि ३० गतेसम्म जिल्लाभर सञ्चालन गरिनेछ। अभियानमार्फत ६ महिनादेखि ५९ महिनासम्मका करिब ६० हजार बालबालिका तथा सुनौलो हजार दिनका करिब १४ हजार आमाहरूको पोषण अवस्था परीक्षण गरिने लक्ष्य राखिएको छ।

दलित विकास मञ्च, गोलबजार सिरहाका कार्यकारी निर्देशक संजय महराले बालबालिकाको उचाइ, तौल तथा पाखुराको मध्य भागको परिधि (MUAC) मापन गरेर पोषण अवस्था पहिचान गरिने जानकारी दिए। उनका अनुसार यस अभियानले कुपोषणको शीघ्र पहिचान गरी समयमै उपचार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैका स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको परिधि नापिनेछ। यसबाट बालबालिकाको पोषण स्थिति निर्धारण गरिनेछ।

कुपोषित भेटिएका बालबालिकालाई बहिरङ्ग उपचार सेवामार्फत ‘तयारी उपचारात्मक खाना’ (RUTF) निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ। अभियान स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा सञ्चालन हुनेछ। यसले समुदायस्तरमै पोषण परीक्षण र उपचार सेवा सहज रूपमा उपलब्ध गराउने विश्वास गरिएको छ।

बालबालिकाको स्वस्थ भविष्य निर्माण, कुपोषण न्यूनीकरण तथा मातृ–शिशु स्वास्थ्य सुदृढीकरणमा यो अभियान कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ। सिरहा जिल्लाका अभिभावक तथा आमाहरूलाई आफ्ना बालबालिकाको पोषण अवस्था परीक्षण गराउन नजिकको सेवा केन्द्रमा पुग्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤