ताजा समाचार

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु, अब धरान–विराटनगर–बिर्तामोड धाउनुपर्ने बाध्यता अन्त्य

  • वैशाख १२, २०८३
  • १४१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड्को मारेको छ। अस्पतालमा आजदेखि विधिवत रूपमा सिटी स्क्यान (CT Scan) मेसिन जडान कार्य सुरु गरिएको छ। यससँगै अब सिरहा, सप्तरी तथा आसपासका जिल्लाका बिरामीहरूले सिटी स्क्यान गराउन धरान, विराटनगर वा बिर्तामोडसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ।

अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहताको अथक प्रयास, निरन्तर पहल र समन्वयले महत्वपूर्ण भूमिका खेलेको छ। उहाँकै सक्रियतामा लामो समयदेखि अपेक्षित यो सेवा आज मूर्त रूप लिन पुगेको हो। सिटी स्क्यान मेसिन जडान भएसँगै मस्तिष्क, छाती, पेट, हाडजोर्नीलगायत विभिन्न जटिल रोगहरूको छिटो, सहज र सटीक परीक्षण अब लहानमै उपलब्ध हुनेछ। यसले बिरामीको समय, श्रम र आर्थिक भार उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।

स्थानीयवासी, सेवाग्राही तथा स्वास्थ्यकर्मीहरूले अस्पतालमा सिटी स्क्यान सेवा सुरु हुनु क्षेत्रीय स्वास्थ्य सेवाका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्। यस सेवाले विशेषगरी आकस्मिक उपचार, दुर्घटनाका बिरामी तथा गम्भीर रोगको समयमै पहिचान र उपचारमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ। प्रादेशिक अस्पताल लहानले पछिल्लो समय स्वास्थ्य पूर्वाधार, उपकरण र विशेषज्ञ सेवाको विस्तार गर्दै क्षेत्रीय स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउँदै आएको छ। सिटी स्क्यान सेवा सञ्चालनसँगै अस्पतालले सर्वसुलभ, गुणस्तरीय र आधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ का तीन विद्य ...

ओम प्रकाश यादव लहान, ९ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिक ...

गोलबजारमा लैङ्गिक हि ...

सिरहा मंसिर, ९ । “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य ...

लहानमा स्वच्छता अभिय ...

ओम प्रकाश यादव लहान मंसिर ९। सिरहाको लहानमा सञ्चालन भइरहेको स्वच्छता अभियानअन्तर्गत आम नागरिकलाई शौच ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤