ताजा समाचार

श्री लेखनाथ माध्यमिक विद्यालयद्वारा घरदैलो तथा विद्यार्थी भर्ना अभियान–२०८३ सुरु

  • वैशाख १७, २०८३
  • ४७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, वैशाख १६ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने मूल नाराका साथ लहान नगरपालिका–२४, मलहनमा गोविन्दपुरस्थित श्री लेखनाथ माध्यमिक विद्यालयले घरदैलो कार्यक्रम तथा विद्यार्थी भर्ना अभियान–२०८३ सुरु गरेको छ।

विद्यालयले नयाँ शैक्षिक सत्र २०८३ का लागि बालविकास कक्षादेखि कक्षा ९ सम्म भर्ना खुला गरेको जनाएको छ। साथै, कक्षा १ देखि कक्षा ४ सम्म अंग्रेजी माध्यममा निःशुल्क अध्ययनको व्यवस्था गरिएको विद्यालय प्र.अ.ले जानकारी दिएको छ। विद्यालयका प्रधानाध्यापक कमल किशोर सिंहका अनुसार आगामी शैक्षिक सत्र २०८४ देखि बालविकास कक्षादेखि कक्षा ९ सम्म सम्पूर्ण कक्षामा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिनेछ।

यसले विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएको छ। विद्यालयमा आधुनिक र सुविधासम्पन्न शैक्षिक वातावरण निर्माण गरिएको छ। बालकक्षाका साना नानीबाबुहरूको सिकाइलाई थप प्रभावकारी र रमाइलो बनाउन ३२ इन्चको स्मार्ट एलईडी टिभी जडान गरिएको छ। यसबाट दृश्य–श्रव्य माध्यममार्फत बालबालिकाले सहज र आकर्षक ढंगले सिक्न सक्नेछन्। त्यसैगरी, विद्यालयमा पूर्ण अनुशासित, सुन्दर तथा शान्त वातावरणमा पठनपाठनको व्यवस्था गरिएको छ।

विद्यार्थीहरूको समग्र विकासलाई ध्यानमा राख्दै कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, शैक्षिक सामग्री तथा खेलकुद सामग्रीहरूको समेत समुचित व्यवस्था गरिएको विद्यालयले जनाएको छ। विद्यालय प्रशासनले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई समयमै विद्यालयमा भर्ना गराई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न आग्रह गरेको छ। घरदैलो अभियानमार्फत विद्यालयले समुदायका प्रत्येक घरपरिवारसम्म पुगेर शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

गुणस्तरीय शिक्षा, आधुनिक सुविधा र अनुशासित वातावरणसहित श्री लेखनाथ माध्यमिक विद्यालयले स्थानीय समुदायमा शैक्षिक विकासको नयाँ उदाहरण प्रस्तुत गर्दै आएको छ। विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤