ताजा समाचार

हावाहुरीपीडित २५ परिवारलाई लायन्स क्लबको राहत वितरण

  • वैशाख १७, २०८३
  • ४६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १७ वैशाख । गत वैशाख ५ गते आएको भीषण हावाहुरीबाट प्रभावित लहान–२१ का २५ परिवारलाई राहत सामग्री वितरण गरिएको छ। District 325 F को एमर्जेन्सी फण्डको सहयोग तथा लहानस्थित विभिन्न लायन्स क्लबहरूको समन्वयमा उक्त राहत वितरण कार्यक्रम सम्पन्न भएको हो।

LC Lahan City, LC Lahan Fulbari, LC Lahan Sunshine र LC Lahan Buddha को संयुक्त पहलमा आयोजना गरिएको कार्यक्रममा लहान–२१ का वडाध्यक्ष राजकुमार यादवको सहजीकरण रहेको थियो। हावाहुरीका कारण घरबारविहीन तथा आंशिक रूपमा क्षति पुगेका परिवारलाई लक्षित गरी आवश्यक दैनिक उपभोग्य सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रति परिवार ३० केजी चामल, २ केजी सेतो मटर, २ केजी नुन, १ लिटर तेल, ५ केजी आलु, एक/एक थान तन्ना, झुल र म्याट वितरण गरिएको थियो। राहत सामग्रीले प्रभावित परिवारको तत्कालीन आवश्यकता पूर्ति गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा लायन्स क्लबका सक्रिय सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सहभागी लायन मित्रहरूमा चक्रपाणि दहाल, सुदिप कुमार चौधरी, राकेश झा, ललित कुमार महतो, शंकर प्रसाद गुप्ता, फुलेश्वर महतो, राजकुमार सिंह, कोशिलेश कुमार चौधरी, लेखराज सिंह, डा. मिथिलेश तथा दिपेन्द्र कुमार सिंहलगायत रहेका थिए।

आयोजक संस्थाहरूले आफूहरू विशुद्ध रूपमा सामाजिक सेवामा समर्पित संस्था भएको उल्लेख गर्दै विपद्का बेला समुदायसँगै उभिने प्रतिबद्धता दोहोर्‍याएका छन्। उनीहरूले आगामी दिनमा समेत यस्ता मानवीय सेवामूलक कार्यलाई निरन्तरता दिने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤