ताजा समाचार

समावेशी शिक्षामा ‘समुन्नति कार्यक्रम’को उपलब्धि सार्वजनिक, सुरुङ्गामा सफलता उत्सव

  • वैशाख १३, २०८३
  • ३६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएको ‘समुन्नति कार्यक्रम’को उपलब्धि सार्वजनिक गर्दै सुरुङ्गा नगरपालिकामा सफलता उत्सव भव्य रूपमा सम्पन्न भएको छ। सवल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित कार्यक्रम सुरुङ्गा नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिकाको बैठक हलमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता शिक्षा तथा खेलकुद शाखा प्रमुख हिरालाल रानाले गर्नुभएको थियो भने नगर उपप्रमुख रुद्र बहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले समावेशी र गुणस्तरीय शिक्षा अहिलेको समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले बालबालिकाको समग्र विकासका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै शिक्षा क्षेत्रमा सुधार, पहुँच विस्तार र गुणस्तर वृद्धि गर्न स्थानीय तह प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले समुन्नति कार्यक्रममार्फत विद्यालयहरूमा बालमैत्री वातावरण निर्माण, समावेशी शिक्षा प्रवर्द्धन र सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन आएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षा तथा खेलकुद शाखा प्रमुख हिरालाल रानाले कार्यक्रमले विद्यालय शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै बालबालिकाको सिकाइ, सहभागिता र समावेशी वातावरण निर्माणमा ठोस योगदान पुगेको बताउनुभयो।

कार्यक्रममा शिक्षा शाखाका अधिकृत धनबहादुर पुलामी, स्रोत व्यक्ति भोगेन्द्र प्रसाद यादव, सवल नेपालका फिल्ड कोर्डिनेटर राधेश्याम राम तथा फिल्ड म्यानेजर रोशनकुमार मेडल लगायतले कार्यक्रमको प्रभाव, उपलब्धि र आगामी योजनाबारे आ–आफ्नो धारणा राखेका थिए। उक्त अवसरमा विभिन्न विद्यालयका बाल शिक्षकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले समुन्नति कार्यक्रमले शिक्षा क्षेत्रमा ल्याएको सकारात्मक परिवर्तनको समीक्षा गर्दै समावेशी शिक्षा, बालअधिकार संरक्षण तथा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमले स्थानीय तह, गैरसरकारी संस्था र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै समावेशी, पहुँचयुक्त र गुणस्तरीय शिक्षाको लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤