Siraha Times
ताजा समाचार

स्रोत नखुलेको बीस लाख पचास हजार भारतिय पैसा सहित मानिस कपिलवस्तु बाट पक्राउ

  • कार्तिक ७, २०८१
  • ७२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, कार्तिक ७ कपिलवस्तु जिल्लाको कृष्णनगर लिंकगेट बाट बरिष्ठ प्रहरी नायब निरिक्षक महेन्द्र पोख्रेलको कमाण्डमा खटिएको चेकिंग टोलीले २० लाख पचास हजार सहित मानिसहरु पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लाई बुझाएको थियो। सोमवार साझ आठ बजे तिर कृष्णनगर न.पा.२ लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको UP45AS6663 र UP42DT5721 नं.का भाडाका गाडिहरु चेकजाँच गर्दा UP45AS6663 नं.को गाडिमा सवार भई आएका भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटि बस्ने बर्ष ३३ को सलमान कुरेसियाको झोला चेकजाँच गर्दा उक्त झोलामा रहेको नगद भा.रु.८,००,०००।- आठ लाख रहेको थियो। अर्को UP42DT5721 नं.को भाडाको गाडिमा सवार भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटि बस्ने बर्ष ३९ का उमेश सखाराम खंडागलेको झोलाबाट नगद भा.रु.१२,५०,०००।- बारा लाख पचास हजार बरामद गरिएको थियो। जम्मा भारतीय रुपयां २०,५०,०००।- (बिस लाख पचास हजार) फेला परेको निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक माेहनमणी अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

चिनियाँ कम्पनीले बढा ...

विनोद अविरल,​लहान, जेठ १७ गते । पटक–पटकको ताकेदा, दबाब र स्थानीय बासिन्दाको निरन्तर आन्दोलनपछि ...

खडक नगरपालिका–१ बालश ...

लहान , जेठ १७ । खडक नगरपालिका वडा नं. १ लाई औपचारिक रूपमा बालश्रम मुक्त वडा घोषणा गरिएको छ। बालअधिका ...

चौदण्डी भगवती शक्तिप ...

रहमुल, सिरहा, १६ जेठ । सिरहाको सुखीपुर नगरपालिका–५, लड्कनहास्थित ऐतिहासिक तथा धार्मिक महत्व बो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१