Siraha Times
ताजा समाचार

गोलबजारमा नगरस्तरीय बालिका सम्मेलन सम्पन्न

  • जेठ १५, २०८३
  • ३९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बालबालिकाको अधिकार, शिक्षा, सुरक्षा तथा नेतृत्व विकासलाई केन्द्रित गर्दै आयोजित उक्त सम्मेलन विभिन्न सरोकारवाला निकायहरूको सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतो प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी जिसस उपप्रमुख दिलिप लामा विशिष्ट अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। सम्मेलनको अध्यक्षता मुक्तिन नेपालका अध्यक्षले गर्नुभएको थियो।

कार्यक्रममा नेपाल बार एसोसिएसन का अध्यक्ष, विभिन्न वडाका वडा अध्यक्षहरू, गोलबजार नगरपालिकाका कर्मचारीहरू, सामाजिक अभियन्ता, शिक्षक, अभिभावक तथा बालबालिकासँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मेलनमा सहभागी बालिकाहरूले शिक्षा, बालविवाह न्यूनीकरण, लैंगिक हिंसा अन्त्य, सुरक्षित वातावरण, स्वास्थ्य तथा नेतृत्व विकासका विषयमा आफ्ना धारणा तथा अनुभव प्रस्तुत गरेका थिए। उनीहरूले स्थानीय तहले बालमैत्री नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

प्रमुख अतिथि दिनेश महतोले बालिकाहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै स्थानीय तह, अभिभावक र सरोकारवाला निकायले बालअधिकार संरक्षणमा अझ जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले बालबालिकाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि दिलिप लामाले बालिकाहरूलाई आत्मविश्वासी, शिक्षित र सक्षम नागरिकका रूपमा विकास गर्न राज्य तथा समाज दुवैले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले बालिका सशक्तीकरणमार्फत समुन्नत समाज निर्माण सम्भव हुने बताउनुभयो।

कार्यक्रममा वक्ताहरूले बालविवाह, बालश्रम, विद्यालय छाड्ने समस्या तथा किशोरीमाथि हुने विभेद अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताएका थिए। सम्मेलनले बालिकाहरूलाई आफ्ना समस्या खुला रूपमा राख्ने तथा समाधानका उपायबारे छलफल गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको अन्त्यमा बालिकाहरूको अधिकार संरक्षण तथा सहभागिता सुनिश्चित गर्न स्थानीय स्तरमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१