Siraha Times
ताजा समाचार

खडक नगरपालिका–१ बालश्रम मुक्त वडा घोषणा

  • जेठ १७, २०८३
  • ८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , जेठ १७ । खडक नगरपालिका वडा नं. १ लाई औपचारिक रूपमा बालश्रम मुक्त वडा घोषणा गरिएको छ। बालअधिकार संरक्षण तथा बालश्रम न्यूनीकरणको उद्देश्यसहित आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, जनप्रतिनिधि, विद्यालय, सहकारी संस्था, युवा तथा बाल क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

खडक नगरपालिका वडा नं. १ को कार्यालयमा सम्पन्न कार्यक्रममा वडा बालमैत्री समितिको आयोजनामा तथा सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, खडक नगरपालिका कल्याणपुरको सहकार्यमा आयोजित कार्यक्रममा वडा नं. १ लाई बालश्रममुक्त घोषणा गरिएको हो।

कार्यक्रमका सभाध्यक्ष तथा वडा अध्यक्ष राजकुमार शाह ले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र अधिकार सुनिश्चित गर्न वडा कार्यालय निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बालश्रममुक्त घोषणा केवल औपचारिकता नभई व्यवहारमा पनि बालबालिकालाई श्रमबाट मुक्त राख्न सबैको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि तथा खडक नगरपालिकाका प्रशासन शाखा प्रमुख रामाकान्त चौधरी ले बालश्रम अन्त्यका लागि स्थानीय सरकार, अभिभावक, विद्यालय तथा समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

बालबालिकालाई विद्यालयमा टिकाइराख्ने र उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने दायित्व सबैको साझा भएको उहाँको भनाइ थियो। विशिष्ट अतिथि तथा बालकल्याण अधिकारी अनिता कुमारी शाह ले बालअधिकार संरक्षणका क्षेत्रमा खडक नगरपालिका अग्रसर रहेको बताउँदै बालश्रममुक्त वडा घोषणाले अन्य वडाहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन नगर बाल क्लब सञ्जाल खडक नगरपालिकाका अध्यक्ष शिव शंकर मण्डल ले गर्नुभएको थियो।

कार्यक्रममा वडा सदस्यहरू त्रिभुवन मण्डल, दिलिप कुमार मण्डल, आम्ना खातुन र ललिता कुमारी राम, वडा सचिव प्रेमकालाचौधरी, प्राविधिक सहायक बम्बु चौधरी, सबल नेपालका फिल्ड संयोजक अशोक कुमार शाह, नगर युवा सञ्जालका अध्यक्ष रकी राज चौधरी, वडा बाल क्लब सञ्जालका अध्यक्ष आयुष कुमार शाह, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु मण्डल, सन्देश महिला ऋण सहकारी संस्थाकी अध्यक्ष गायत्री कुमारी चौधरी, मावि सिस्वाका प्रधानाध्यापक रविन्द्र प्रसाद चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार शाह, वडा युवा सञ्जालकी उपाध्यक्ष सशिकला चौधरी, स्थानीय युवा परिषद्की सदस्य मनिषा कुमारी राम लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी समाजसेवीहरू राम अपतार राम, राम अधिन राम, रामनारायण शाह, श्याम सुन्दर शाह, मोहम्मद फुल मिया, मोहम्मद गफार मिया, रूपनारायण राम र जयन्त कुमार शाह, स्वास्थ्य इन्चार्ज, महिला स्वास्थ्य स्वयंसेविका, युवा क्लब तथा बाल क्लबका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा बालश्रम न्यूनीकरण, बालअधिकार संरक्षण तथा बालमैत्री समाज निर्माणका विषयमा विभिन्न वक्ताहरूले धारणा राख्दै बालबालिकालाई कुनै पनि प्रकारको श्रममा संलग्न नगराई शिक्षाको पहुँचमा पुर्‍याउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको अन्त्यमा सहभागीहरूले बालश्रममुक्त वडा घोषणालाई व्यवहारमा कार्यान्वयन गर्दै बालबालिकाको अधिकार सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

चौदण्डी भगवती शक्तिप ...

रहमुल, सिरहा, १६ जेठ । सिरहाको सुखीपुर नगरपालिका–५, लड्कनहास्थित ऐतिहासिक तथा धार्मिक महत्व बो ...

गोलबजारमा नगरस्तरीय ...

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रू ...

सिरहामा दलित संस्थाल ...

संजय महरा सिरहा जेष्ठ १५ । दलित विकास मन्च गोलबजार, सिरहाले विश्व महिनावारी दिवसको अवसर यस सँस्थाद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१