ताजा समाचार

चिनियाँ कम्पनीले बढायो लहान फ्लाई ओभर निर्माणको गति: आन्दोलन र दबाबपछि काम सुरु

  • जेठ १७, २०८३
  • ५७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,​लहान, जेठ १७ गते । पटक–पटकको ताकेदा, दबाब र स्थानीय बासिन्दाको निरन्तर आन्दोलनपछि अन्ततः पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान बजारको मुख्य चोकमा निर्माण भइरहेको फ्लाई ओभर (आकासे पुल) को कामले गति लिएको छ ।

​सिरहाको व्यापारिक केन्द्र लहानको मुख्य चोकमा निर्माणाधीन सो फ्लाई ओभरको काम लामो समयदेखि सुस्त गतिमा हुँदा स्थानीय व्यवसायी, पैदलयात्री र सवारी चालकहरूले निकै सास्ती खेप्दै आएका थिए । धुलो, हिलो र घण्टौंसम्म हुने ट्राफिक जामका कारण आजित भएका स्थानीयबासी र सरोकारवालाहरूले केही समयदेखि निर्माण कार्य छिटो सक्न माग गर्दै आन्दोलन गरिरहेका थिए ।

​"पटक-पटक ठेकेदार कम्पनीलाई ताकेदा गर्दा पनि सुनुवाइ नभएपछि हामी सडकमा उत्रिन बाध्य भएका थियौं," एक स्थानीय व्यवसायीले भने, "अहिले आन्दोलनको दबाबपछि चिनियाँ निर्माण कम्पनीले कामदार र मेसिनरी थपेर काममा केही तीव्रता दिएको देखिएको छ ।" ​निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी (चाईना कम्पनी) ले अहिले मुख्य चोक क्षेत्रमा जग खन्ने, पिलर उठाउने र निर्माण सामग्री व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

​हाईवेको बीच भागमै अलपत्र परेको निर्माण कार्यले गति लिएसँगै लहानबासीमा समयमै आयोजना सम्पन्न हुने आशा पलाएको छ । यद्यपि, निर्माण कार्यलाई यही गतिमा निरन्तरता दिन र वर्षायाम सुरु हुनुअघि नै सर्वसाधारणलाई सहज हुने गरी सडक डाइभर्सन र नालाको उचित व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤