रहमुल, लहान १२ जेठ । लहान नगरपालिकामा सञ्चालन भइरहेको खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रमहरूको स्थलगत अनुगमन तथा प्रगति बुझ्न Water Aid UK को टोली लहान पुगेको छ। टोलीलाई नगर प्रमुख महेश प्रसाद चौधरी, प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद भुर्तेल तथा नगरपालिकाका कर्मचारीहरूले स्वागत गरेका छन्।
लहान नगरपालिकाभित्र Water Aid UK को सहयोग तथा दलित जनकल्याण युवा क्लब, लहानको समन्वयमा “द विकन परियोजना” सञ्चालन भइरहेको छ। उक्त परियोजनामार्फत नगर क्षेत्रमा स्वच्छ खानेपानी, सरसफाइ तथा जनचेतनामूलक विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। अनुगमनका क्रममा Water Aid UK टोलीले परियोजनाअन्तर्गत सम्पन्न भएका खानेपानी संरचना, सरसफाइ कार्यक्रम तथा समुदायस्तरमा पुगेको सेवाको अवस्थाबारे जानकारी लिएको नगरपालिकाले जनाएको छ।
टोलीले स्थानीय सरोकारवालासँग छलफल गर्दै आगामी दिनमा थप प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत चासो व्यक्त गरेको बताइएको छ। नगर प्रमुख महेश चौधरीले नगरवासीको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर स्थानीय सरकारले काम गरिरहेको उल्लेख गर्दै विकास साझेदार संस्थासँगको सहकार्यले नगरको समग्र विकासमा सकारात्मक प्रभाव परेको बताए।
उनले खानेपानी तथा सरसफाइ क्षेत्रमा भएका कामले स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको पनि उल्लेख गरे। प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद भुर्तेलले परियोजनाले विशेषगरी विपन्न तथा पछाडि पारिएका समुदायलाई स्वच्छ खानेपानी र सरसफाइ सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। स्थानीयवासीहरूका अनुसार Water Aid UK र दलित जनकल्याण युवा क्लबको सहकार्यमा सञ्चालन भएका कार्यक्रमबाट नगरभित्रका धेरै परिवार लाभान्वित भएका छन्।
खानेपानी पहुँच विस्तार, सरसफाइ प्रवर्द्धन तथा जनस्वास्थ्य सुधारमा परियोजनाले उल्लेखनीय योगदान पुर्याएको उनीहरूको भनाइ छ। स्थानीय तह, विकास साझेदार संस्था र समुदायबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै लहान नगरपालिकाले नगरवासीको आवश्यकता अनुसार विकासका कार्यक्रमलाई अगाडि बढाइरहेको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Water Aid UK टोलीद्वारा लहानका खानेपानी तथा सरसफाइ कार्यक्रमको अनुगमन, नगर विकासमा सहकार्य प्रभावकारी
१८ वर्षदेखि अलपत्र मुक्सारको खानेपानी ट्याङ्की: स्थानीय बासिन्दा काकाकुल, आश्वासनमै सीमित बन्दै योजना
बरियारपट्टी छोटी भन्सार कायम राख्न माग गर्दै जिरोमाईलमा राजमार्ग अवरुद्ध, जनप्रतिनिधि र राजनीतिक दलको समर्थन
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic