ताजा समाचार

लहानका मेयर महेश चौधरी खानेपानी संस्थानको केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त

  • जेठ १३, २०८३
  • ७५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल, जेठ १३ ​लहान, जेठ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका प्रमुख (मेयर) महेश चौधरीलाई नेपाल खानेपानी संस्थानको केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । लहान नगरपालिकाको नेतृत्व सम्हालेदेखि खानेपानी र सरसफाइको क्षेत्रमा उहाँले गर्नुभएको उत्कृष्ट कार्य र योगदानको उच्च मूल्यांकन गर्दै सरकारले उहाँलाई यो जिम्मेवारी सुम्पेको हो ।

​मेयर चौधरीको कार्यकालमा लहान नगरभित्र खानेपानी र सरसफाइको क्षेत्रमा उल्लेखनीय सुधारहरू भएका छन् । नयाँ जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै मेयर चौधरीले आफूलाई विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा नेपाल सरकारप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।

​पछिल्लो समय लहानमा खानेपानी सेवालाई अझ बढी व्यवस्थित र चुस्त बनाउने कार्य तीव्र गतिमा अघि बढेको छ । नगरमा खानेपानीको पहुँच बिस्तार भएसँगै नयाँ धारा जडान गर्ने घरपरिवारको संख्यामा ठूलो वृद्धि भएको छ ।

​नगरपालिकाले विभिन्न वडाहरूमा खानेपानीको पाइपलाइन विस्तार कार्यलाई प्राथमिकता दिएको छ । यसअघिको तुलनामा अहिले नगरबासीका घर-घरमा आउने धारामा पानी आउने समय (अवधि) समेत बढेको छ, जसका कारण स्थानीय बासिन्दाहरू निकै हर्षित छन् ।

लहानलाई सफा र सुन्दर नगरका रूपमा स्थापित गर्न सरसफाइको क्षेत्रमा थप प्रगति हासिल गर्ने उद्देश्यले नगरमा विशेष 'स्वच्छता अभियान' समेत सञ्चालन गरिएको छ । मेयर चौधरीले लहानलाई देशकै नमुना र स्वच्छ नगर बनाउने संकल्पका साथ यो अभियान अघि सारेका हुन् ।

"नगरको विकास र स्वच्छता कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन । लहानलाई स्वच्छ, सुन्दर र हराभरा बनाउन सञ्चालित स्वच्छता अभियानमा नगरका बुद्धिजीवी, नागरिक समाज, उद्योगी व्यवसायी र सम्पूर्ण नगरबासी लगायत सबै पक्षलाई सक्रिय सहयोग र सहभागिता जनाउन म हार्दिक आग्रह गर्दछु ।"

​केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त भएसँगै मेयर चौधरीले लहानको खानेपानी र सरसफाइको अनुभवलाई केन्द्र स्तरमा उपयोग गर्दै देशभरिकै खानेपानी सेवालाई थप प्रभावकारी बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤