Siraha Times
ताजा समाचार

लहानका मेयर महेश चौधरी खानेपानी संस्थानको केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त

  • जेठ १३, २०८३
  • ७०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल, जेठ १३ ​लहान, जेठ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका प्रमुख (मेयर) महेश चौधरीलाई नेपाल खानेपानी संस्थानको केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । लहान नगरपालिकाको नेतृत्व सम्हालेदेखि खानेपानी र सरसफाइको क्षेत्रमा उहाँले गर्नुभएको उत्कृष्ट कार्य र योगदानको उच्च मूल्यांकन गर्दै सरकारले उहाँलाई यो जिम्मेवारी सुम्पेको हो ।

​मेयर चौधरीको कार्यकालमा लहान नगरभित्र खानेपानी र सरसफाइको क्षेत्रमा उल्लेखनीय सुधारहरू भएका छन् । नयाँ जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै मेयर चौधरीले आफूलाई विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा नेपाल सरकारप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।

​पछिल्लो समय लहानमा खानेपानी सेवालाई अझ बढी व्यवस्थित र चुस्त बनाउने कार्य तीव्र गतिमा अघि बढेको छ । नगरमा खानेपानीको पहुँच बिस्तार भएसँगै नयाँ धारा जडान गर्ने घरपरिवारको संख्यामा ठूलो वृद्धि भएको छ ।

​नगरपालिकाले विभिन्न वडाहरूमा खानेपानीको पाइपलाइन विस्तार कार्यलाई प्राथमिकता दिएको छ । यसअघिको तुलनामा अहिले नगरबासीका घर-घरमा आउने धारामा पानी आउने समय (अवधि) समेत बढेको छ, जसका कारण स्थानीय बासिन्दाहरू निकै हर्षित छन् ।

लहानलाई सफा र सुन्दर नगरका रूपमा स्थापित गर्न सरसफाइको क्षेत्रमा थप प्रगति हासिल गर्ने उद्देश्यले नगरमा विशेष 'स्वच्छता अभियान' समेत सञ्चालन गरिएको छ । मेयर चौधरीले लहानलाई देशकै नमुना र स्वच्छ नगर बनाउने संकल्पका साथ यो अभियान अघि सारेका हुन् ।

"नगरको विकास र स्वच्छता कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन । लहानलाई स्वच्छ, सुन्दर र हराभरा बनाउन सञ्चालित स्वच्छता अभियानमा नगरका बुद्धिजीवी, नागरिक समाज, उद्योगी व्यवसायी र सम्पूर्ण नगरबासी लगायत सबै पक्षलाई सक्रिय सहयोग र सहभागिता जनाउन म हार्दिक आग्रह गर्दछु ।"

​केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त भएसँगै मेयर चौधरीले लहानको खानेपानी र सरसफाइको अनुभवलाई केन्द्र स्तरमा उपयोग गर्दै देशभरिकै खानेपानी सेवालाई थप प्रभावकारी बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१