Siraha Times
ताजा समाचार

सिरहामा दलित संस्थाले मनाइयो विश्व महिनावारी स्वच्छता दिवस

  • जेठ १५, २०८३
  • १३०४ पटक पढिएको
  • सन्जय
alt

संजय महरा सिरहा जेष्ठ १५ । दलित विकास मन्च गोलबजार, सिरहाले विश्व महिनावारी दिवसको अवसर यस सँस्थाद्धारा गठन गरिएका आमा समुह र किशोर किशोरी समुहलाई सचेतनामुलक कार्यक्रम कल्याणपुर र मिर्चेया नगरपालिकामा भव्यताका साथमा मनाएको छ ।महिनावारी लाज होइन,यो प्राकृतिक प्रकृया हो भनेर हरेक नागरिकले बुझ्नुपर्छ । महिनावारी स्वच्छता भन्नाले महिनावारीको समयमा महिला तथा किशोरीहरुले सुरक्षित र स्वस्थ तरिकाले आफ्नो सरसफाइ गर्ने प्रक्रियालाई बुझाउछ । महिनावारी बारे गलत धारणा र सोचाई बदलेर ,खुलेर यसबारेमा कुरा गर्नुपर्दछ ।

महिनावारी कुनै पाप होइनन् ,यो त महिलाको लागि गौरव हो । प्रत्येक बर्ष विश्वमा यो दिवस मे २८ तारिकका दिन नै मनाइन्छ ।यो दिवस सन् २०१४ मा जर्मनिको वास युनाइटेड NGO द्धारा नामाकरण गरिएको हो ।महिनावारी चक्र २८ दिनको भएकोले मे २८ तारिकलाई रोजिएको हो । यस कार्यक्रम गर्नुको मुख्य उद्धेश्य भने महिनावारी स्वच्छता व्यवस्थापन आवश्यकता र महत्वको बारेमा जानकारी गराउनु रहेको थियो ।यस सँस्थाले बालविवाह न्युनिकरण परियोजना अन्तर्गत हरेक बर्ष यो दिवस मनाउदै आइरहेको हुदा यस बर्ष पनि कार्यक्षेत्रका किशोरी र आमा समुहका महिलाहरुलाई लक्षित गरेर यो कार्यक्रमको आयोजना गरिएको हो ।

यो कार्यक्रमको अध्यक्षता भने प्रगतिशील किशोरकिशोरी समुहको सँयोजक प्रियंका साहले गरेकी थिइन। कार्यक्रमा सेनेटरी प्याड समेत बितरण गरि यो दिवस मनाइएको हो ।दुइवटा पालिकामा १०० जना महिला तथा किशोरीहरुको उपस्थिति रहेको थियो । प्याड प्रयोग गर्दा कति समय सम्म राख्ने वा कति समयको अन्तरालमा फर्ने कुराहरुको बारेमा ,प्याड व्यवस्थापन कसरी गर्ने बारेमा र व्यक्तिगत सरसफाइ सम्बन्धि जानकारी गराएको थियो ।यो दिवस मनाउन समाजमा एकदम आवश्य पनि देखिन्छ किन भने महिनावारी बिषयलाई घरपरिवार र समुदायका हरेक व्यक्तिले बुझन जरुरी छ ।

यो प्राकृतिक कुरा हो तर यस बिषयमा घरपरिवार र समाजमा खुलेर कुरा गर्ने वातावरण हुदैनन । पहिला देखी नै यस बिषयलाई लाजको बिषय बनाएको देखिन्छ। अहिलेको वैज्ञानिक युगमा यो कुराईलाई तोड्न जरुरी छ । घरपरिवारमा कुनै किशोरी अथवा महिला महिनावारी भएको समयमा घरपरिवारको पुरुष सदस्यले पनि प्याड किन्ने सहज वातावरण सृजना हुनुर्छ । कार्यक्रमको उदेश्यको बारेमा कार्यक्रम सँयोजक सरिता महराले जानकारी गराएकी थिएन । प्रजनन् स्वास्थ्यका बिषयमा अझ विद्यालयहरुमा विद्यार्थिहरुसँग शिक्षकहरुले यस बिषयमा खुलेर बुझाउन सकियो भने प्रभावकारी हुन्छ ।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१