Siraha Times
ताजा समाचार

सिरहाको लहानमा भारत सरकार विरुद्ध पर्दर्शन

  • कार्तिक २८, २०७६
  • १३११ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , २८ कार्तिक सिरहा । नेपाली भू–भाग मिचेको विषयलाई लिएर सिरहाको लहान नगरपालिकामा बुधबार भारत सरकारविरुद्ध विरोध कार्यक्रम गरिएको छ । ने .बि .संघ जिल्ला कार्समिती सिरहाका सभापति सितल प्रसाद चौधरीको अगुवाईमा बुधबार सिरहाको लहानमा बृहत , बिशाल जुलुस गरेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत सिमा मिचिएका मुद्दालाई लिएर देशभर आन्दोलन छेडिँदा सिरहा , सप्तरी , धनुषा महोत्तरी लगायत देशका विभिन्न जिल्लाहरुमा विभिन्न पार्टीको भातृ संगठन को विद्यार्थीहरु आन्दोलनमा और्लिएका छन । समेत भारत विरोधी प्रदर्शन गरिएका हुन् । स्थानीय युवाहरूको अगुवाइमा निकालिएको रयालीमा सिरहा र लहान नगरपालीका भित्र पर्ने कलेजहरु जे .एस मुरारका बहुमुखि क्याम्पस लहान , रोयल सपटेक कलेज लहान एल.एमसी. कलेज, लक्ष्मण ललिता कुशवहाँ उच्च मा .बी. र पब्लिक टेक्निकल ईन्स्टिच्युट लगायत क्याम्पस विद्यार्थीहरुको उल्लेखनिय सहभागिता समेत रहेको ने .बि. संघको केन्द्रिय सदस्य अशोक चौधरी र सरोज यादवले बताए । सिरहाको लहान नगरपालिकाको बजार भरि नारा बाजी गरेका थिए । सीता नोबेल पत्रीका पसलको अगाडीबाट निकालीएको नारा जुलुस रयालीमा भारत विरोधी नाराबाजीसहितको रयाली लहानको सहिद चौकमा पुगी कोणसभामा परिणत भएको थियो । कालापानी ,लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इन्डिया ,भारतीय बिस्तार बाद मुर्दाबाद , सिमा मिच्न पाइन्दैन यस्तो छिमेकी चाइन्दैन, एक पक्षिय नक्सा मान्दैनौं ,पू्र्खाले लडे नाला पानी हामी लड्छौ काला पानी  जस्ता प्लेकार्ड बोकेर नगर रिक्रमा कोणसभा मा परिणत कार्यक्रम स्थानीय युवा नेताहरु पुर्वाअञ्चल बिश्व बिध्यालयको केन्द्रिय उपाध्यक्ष संजय यादव प्राविधिक संघको केन्द्रिय उपाध्यक्ष मुकेश कुमार महतो ,नेपाल विद्यार्थी संघको निबर्तमान केन्द्रिय उपाध्यक्ष संजय यादव विद्यार्थी नेता पप्पु यादव लगायत विद्यार्थी नेताहरुको उल्लेखनिय उपस्थिती रहेको थियो।सहभागीहरूले कालापानी नेपालकै भएकाले भारतको दादागिरी तोड्न राष्ट्रिय एकताको खाँचो छ। लिपुलेक कालापानीसहितका नेपाली भू–भाग आफ्नोतर्फ रहेको विवादित नक्सा जारी गरेपछि नेपालभर भारत विरोधी अभियान छेडिएको छ । लहान बासिहरुले भारतीय नक्सा सच्याउन नेपाल सरकारले उचित प्रमाण र दस्तावेजका आधारमा तत्कालैबाट आवश्यक कूटनैतिक पहल थाल्नुपर्ने मागसमेत गरेका छन् । देशका विभिन्न भाग तथा सामाजिक संजालहरुमा भारतले पछिल्लो पटक जारी गरेको आफ्नो नयाँ नक्सामा नेपाली भूभाग गाभेको भन्दै चौतर्फि विरोध भइरहेको आयोजक सितल प्रसाद चौधरीले ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१