Siraha Times
ताजा समाचार

विपद् राहतका लागि नेपाल माहेश्वरी परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग

  • असोज ९, २०८३
  • २४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लाहान असोज ९ । नेपाल माहेश्वरी परिषद्ले विपद् प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम प्रदान गरेको छ। नेपाल माहेश्वरी परिषद्को तर्फबाट एनएमपी माहेश्वरी सेवा कोषमार्फत प्रदान गरिएको उक्त सहयोग रकम जिल्ला प्रशासन कार्यालय, मोरङ, विराटनगरका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको हो।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल माहेश्वरी परिषद्का अध्यक्ष गोविन्द कृष्ण सोनी, एनएमपी माहेश्वरी सेवा कोषका प्रबन्ध न्यासी बेनीगोपाल मुन्दडा, नेपाल माहेश्वरी परिषद्का प्रमुख सल्लाहकार महेशजी सोनी, महासचिव विकास कुमार साराडा, कोषाध्यक्ष कमल किशोर राठी, अखिल भारतवर्षीय माहेश्वरी महासभाका कार्यकारिणी मण्डल सदस्य अमितजी साराडा तथा माहेश्वरी समाज विराटनगरका अध्यक्ष मुकेशजी राठीको उपस्थिति रहेको थियो।

माहेश्वरी परिषद्ले विपद्को कठिन परिस्थितिमा प्रदान गरिएको सहयोगले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। परिषद्का महासचिव विकास कुमार साराडाले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला सहयोग र मानवीय सेवामा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा ज्ये ...

ओम प्रकाश यादव लहान, असोज ९ । खडक नगरपालिकाको आयोजनामा ज्येष्ठ नागरिकका अधिकार, स्वास्थ्य, सामा ...

निःशुल्क मोतियाबिन्द ...

रहमुल, लहान, ९ असोज । सप्तरीको खडक नगरपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश् ...

न्यून चापीय प्रणालीक ...

महमूद आलम खान / रहमुल, बाँके, ९ असोज । बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सम्भावित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤