Siraha Times
ताजा समाचार

गोविन्दपुर मुस्लिम टोल र गोविन्दपुर राम टोलमा ‘घर–घरको शान, स्वच्छता अभियान’

  • असोज ७, २०८३
  • १११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान असोज ७ । लहान नगरपालिका–१४ अन्तर्गतका गोविन्दपुर मुस्लिम टोल र गोविन्दपुर राम टोलमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सडक नाटक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीय समुदायमा सरसफाइ, स्वच्छता तथा स्वस्थ जीवनशैलीप्रति जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

WhatsApp Image 2026-09-23 at 6.19.29 PM

कार्यक्रमका क्रममा कलाकारहरूले गोविन्दपुर मुस्लिम टोल र गोविन्दपुर राम टोलमा सडक नाटक प्रस्तुत गर्दै दैनिक जीवनमा सरसफाइको महत्व, शौचालयको नियमित तथा उचित प्रयोग, फोहोरमैला व्यवस्थापन र स्वच्छ वातावरण निर्माणका विषयमा प्रभावकारी सन्देश दिएका थिए। मनोरञ्जनात्मक तथा संवादात्मक शैलीमा प्रस्तुत गरिएको सडक नाटकले स्थानीय बासिन्दाको ध्यान आकर्षित गर्दै सरसफाइप्रति जिम्मेवार बन्न प्रेरित गरेको थियो।

WhatsApp Image 2026-09-23 at 6.19.29 PM (1)

सडक नाटकमार्फत खुला ठाउँमा शौच गर्ने प्रवृत्तिको अन्त्य, घर–आँगन सफा राख्ने, फोहोर जथाभावी नफाल्ने, शौचालयको नियमित प्रयोग गर्ने तथा फोहोरको उचित व्यवस्थापन गर्ने विषयमा विशेष जोड दिइएको थियो। कलाकारहरूले सरसफाइलाई केवल व्यक्तिगत विषयका रूपमा नलिई परिवार, टोल र समुदायको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने सन्देश दिएका थिए।

WhatsApp Image 2026-09-23 at 6.19.30 PM

कार्यक्रममा सहभागीहरूले ‘घर–घरको शान, स्वच्छता अभियान’, ‘शौचालयको प्रयोग गरौँ’, ‘फोहोर जथाभावी नफालौँ’, ‘आफ्नो घर–आँगन आफैँ सफा राखौँ’ लगायतका जनचेतनामूलक नारासहित स्थानीय समुदायमा स्वच्छताको सन्देश प्रवाह गरेका थिए।विशेषगरी गोविन्दपुर मुस्लिम टोल र गोविन्दपुर राम टोलका स्थानीय बासिन्दाको सडक नाटक तथा जनचेतनामूलक कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयवासीले मनोरञ्जनसँगै व्यवहारिक सन्देशसमेत प्राप्त भएकाले कार्यक्रम प्रभावकारी भएको बताएका छन्।

WhatsApp Image 2026-09-23 at 6.19.31 PM (2)

आयोजकका अनुसार सरसफाइ कुनै एक व्यक्ति वा परिवारको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व हो। घर सफा राख्नुका साथै टोल, सडक, सार्वजनिक स्थल तथा आसपासको वातावरण सफा राख्न सकेमा विभिन्न रोगको जोखिम न्यूनीकरण गर्न र स्वस्थ वातावरण निर्माण गर्न सहयोग पुग्ने भएकाले अभियानमार्फत नागरिकको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने प्रयास भइरहेको छ।कार्यक्रममा विशेषगरी बालबालिका, महिला तथा स्थानीय युवालाई सरसफाइ अभियानमा सक्रिय रूपमा सहभागी गराउनुपर्नेमा जोड दिइएको थियो। दैनिक जीवनमा सानो–सानो व्यवहार परिवर्तन गर्न सकेमा घरदेखि टोल हुँदै समग्र नगरलाई स्वच्छ र स्वस्थ बनाउन सकिने सन्देश सडक नाटकमार्फत दिइएको थियो।

WhatsApp Image 2026-09-23 at 6.19.31 PM (1) WhatsApp Image 2026-09-23 at 6.19.31 PM

लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत नगरका विभिन्न वडामा सडक नाटक, स्वच्छता र्‍याली तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। अभियानले नागरिकलाई आफ्नो घर, आँगन तथा समुदायको सरसफाइमा थप जिम्मेवार बनाउँदै स्वच्छ, स्वस्थ, व्यवस्थित र सुन्दर लहान निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। गोविन्दपुर मुस्लिम टोल र गोविन्दपुर राम टोलमा सञ्चालन गरिएको कार्यक्रमले सरसफाइलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउन तथा स्वच्छ वातावरण निर्माणमा समुदायको सामूहिक सहभागिता आवश्यक रहेको सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टी गाउ ...

रहमुल, लहान, ७ असोज । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प ...

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१