Siraha Times
ताजा समाचार

सामाजिक सेवामा उत्रिए युवा उद्यमी राजेन्द्र यादव

  • असोज ३, २०८३
  • ११५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग्रिनरी पार्कमा भगवान गौतम बुद्धको प्रतिमा स्थापना गरिएको छ । ग्रिनरी पार्कभित्र भगवान गौतम बुद्धको प्रतिमा स्थापना गर्न आवश्यक बजेट व्यवस्थापन तथा पहलमा युवा उद्यमी राजेन्द्र यादवको महत्वपूर्ण योगदान रहेको स्थानीयवासीले बताएका छन् ।

व्यवसायिक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका यादव पछिल्लो समय सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय हुँदै आएका छन् । आफ्नो व्यवसायिक जिम्मेवारीसँगै समाज र समुदायको हितका लागि विभिन्न सामाजिक तथा धार्मिक कार्यमा योगदान दिँदै आएका यादवले देवालय निर्माण तथा धार्मिक–सामाजिक संरचना विकासका काममा समेत सहयोग गर्दै आएको स्थानीयवासीको भनाइ छ ।

भगवान गौतम बुद्धको प्रतिमा स्थापना कार्यक्रममा आयोजक तथा स्थानीयवासीले यादवको सामाजिक योगदानको खुलेर प्रशंसा गरेका थिए । उनीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको विकास, धार्मिक तथा सांस्कृतिक संरक्षण र सार्वजनिक हितका काममा सहयोग पुर्‍याउनु सकारात्मक उदाहरण भएको बताएका छन् ।

स्थानीयवासीका अनुसार युवा उद्यमी यादवको सक्रियता र सहयोगले सामाजिक सेवामा युवाहरूको सहभागिता बढाउनसमेत प्रेरणा मिलेको छ । व्यवसायबाट आर्जन गरेको सफलतालाई समाजसेवासँग जोड्दै अघि बढिरहेका यादवको यस्तो योगदानले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सखुवानन्कारकट्टीमा ज ...

रहमुल, लहान ३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा अगुवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१