ताजा समाचार

प्यारागन पब्लिक स्कुल लहानमा आधुनिक शिक्षासँगै योग शिक्षा सञ्चालन

  • साउन २८, २०८३
  • १४३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले प्यारागन पब्लिक स्कुल लहानले आधुनिक शिक्षण पद्धतिसँगै योग शिक्षालाई पनि प्राथमिकताका साथ अघि बढाएको छ। विद्यालयका संथापक अध्यक्ष उमेश चौधरीको पहलमा विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासलाई ध्यानमा राख्दै विद्यालयमा नियमित रूपमा योग शिक्षा सञ्चालन गरिएको हो।

772418651_1746304326586546_4472335514030605161_n

पछिल्लो समय शिक्षाको क्षेत्र केवल पाठ्यपुस्तक र परीक्षामा सीमित नरही विद्यार्थीको समग्र व्यक्तित्व विकाससँग जोडिन थालेको छ। यही आवश्यकतालाई आत्मसात् गर्दै प्यारागन पब्लिक स्कुलले आफ्ना विद्यार्थीलाई एक विषयबाट अर्को विषयमा मात्र नभई जीवनोपयोगी ज्ञान र सीपसँग समेत जोड्ने प्रयास गरिरहेको विद्यालय प्रशासनले जनाएको छ।

771909494_1746304379919874_2882354643735024293_n

विद्यालयमा हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई विशेष रूपमा योग शिक्षाको अभ्यास तथा प्रशिक्षण प्रदान गरिँदै आएको छ। योग शिक्षाका लागि ख्यातिप्राप्त तथा अनुभवी शिक्षकलाई विद्यालयमा आमन्त्रण गरी विद्यार्थीहरूलाई योगका विभिन्न आसन, प्राणायाम, ध्यान तथा योगको महत्वबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिँदै आएको छ।

योग अभ्यासले विद्यार्थीको शारीरिक स्वास्थ्य मजबुत बनाउनुका साथै मानसिक तनाव कम गर्न, एकाग्रता बढाउन, स्मरणशक्ति विकास गर्न र अध्ययनप्रति सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। नियमित योग अभ्यासले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, धैर्यता तथा सकारात्मक सोचको विकास गर्न समेत सहयोग पुर्याकउने विद्यालयको अपेक्षा छ।

विद्यालयका संस्थापक अध्यक्ष उमेश चौधरीले विद्यार्थीलाई उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्नुका साथै उनीहरूलाई स्वस्थ, अनुशासित, संस्कारी र जिम्मेवार नागरिकका रूपमा विकास गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको बताएका छन्। उनका अनुसार आधुनिक शिक्षाको विकाससँगै विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन आवश्यक भएकाले विद्यालयमा योग शिक्षाको सुरुवात गरिएको हो।

उनले भने, “विद्यार्थीको भविष्य केवल राम्रो अंकमा मात्र निर्भर हुँदैन। स्वस्थ शरीर, शान्त मन, सकारात्मक सोच, अनुशासन र आत्मविश्वास पनि सफल जीवनका महत्वपूर्ण आधार हुन्। त्यसैले विद्यालयले शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिएको छ।”

योग कक्षामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै विभिन्न योगासन तथा प्राणायामको अभ्यास गरिरहेका छन्। योग शिक्षकले विद्यार्थीहरूलाई सही तरिकाले आसन तथा श्वासप्रश्वास अभ्यास गर्ने विधिका साथै दैनिक जीवनमा योगको महत्वबारे समेत जानकारी गराउँदै आएका छन्।

प्यारागन पब्लिक स्कुलले आधुनिक प्रविधिमैत्री शिक्षा, अतिरिक्त क्रियाकलाप, स्वास्थ्य शिक्षा तथा व्यक्तित्व विकासका कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। विद्यालयले विद्यार्थीको क्षमता र रुचिअनुसार शिक्षण सिकाइलाई थप प्रभावकारी र व्यवहारिक बनाउँदै लैजाने योजना अघि सारेको छ।

विद्यालयमा सञ्चालन गरिएको योग शिक्षालाई अभिभावक तथा विद्यार्थीहरूले समेत सकारात्मक रूपमा लिएका छन्। विद्यालयको यस पहलले विद्यार्थीलाई नियमित अध्ययनसँगै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने र भविष्यमा उनीहरूको शैक्षिक तथा व्यक्तिगत सफलतामा सकारात्मक योगदान पुर्या्उने अपेक्षा गरिएको छ। आधुनिक शिक्षा, स्वस्थ जीवनशैली र संस्कारयुक्त व्यक्तित्व निर्माणलाई केन्द्रमा राख्दै प्यारागन पब्लिक स्कुल लहानले अघि सारेको योग शिक्षा कार्यक्रम विद्यार्थीको सर्वाङ्गीण विकासका लागि उदाहरणीय प्रयासका रूपमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सुखीपुरमा रोकिएको सा ...

लहान १२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा विगत करिब ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहे ...

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤