Siraha Times
ताजा समाचार

सुरक्षित शौचालय नागरिकको स्वास्थ्य र मर्यादासँग जोडिएको विषय : लहान–२१ मा स्वच्छता अभियान

  • साउन २५, २०८३
  • ६१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहारसँग जोड्ने उद्देश्यले लहान नगरपालिका–२१ का मधोपुर र कालाबन्जरमा स्वच्छता अभियान सञ्चालन गरिएको छ। लहान नगरपालिकाको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत आइतबार आयोजित कार्यक्रममा स्वच्छता र्‍याली, सडक नाटक तथा सार्वजनिक स्थल सरसफाइ गरिएको हो।

No description available.

कार्यक्रममा वडा नं. २१ का स्थानीय बासिन्दा, जनप्रतिनिधि, महिला स्वास्थ्यकर्मी, नगरपालिका पदाधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो। ‘सरसफाइ तथा शौचालय निर्माण अभियान सफल पारौँ’ भन्ने सन्देशसहित निकालिएको र्‍यालीले विभिन्न टोलको परिक्रमा गरेको थियो। सहभागीहरूले सुरक्षित शौचालयको नियमित प्रयोग, घर तथा वरपरको वातावरण सफा राख्न र सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न आग्रह गरेका थिए।

No description available.

कार्यक्रममा प्रस्तुत सडक नाटकमार्फत सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत स्वच्छता तथा फोहोर व्यवस्थापनमा हुने लापरबाहीले स्वास्थ्य र वातावरणमा पार्न सक्ने असरबारे सन्देश दिइएको थियो। आयोजकका अनुसार स्वच्छताको विषयलाई केवल जनचेतनामूलक अभियानमा सीमित नराखी नागरिकको दैनिक व्यवहारमा जोड्नु कार्यक्रमको उद्देश्य हो। शौचालय निर्माणसँगै त्यसको नियमित प्रयोग, सरसफाइ र संरक्षणमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको थियो।

No description available.

कार्यक्रमपछि सहभागीहरूले सडक तथा सार्वजनिक स्थलको सरसफाइसमेत गरेका थिए। वडा नं. २१ का वडा अध्यक्ष राजकुमार यादवको नेतृत्व तथा WASH Unit को समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो। अध्यक्ष यादवले स्वच्छता अभियान प्रभावकारी बनाउन समुदायको निरन्तर सहभागिता आवश्यक रहेको बताए। सुरक्षित शौचालयको प्रयोग र सरसफाइलाई घरपरिवारको नियमित अभ्यास बनाउनुपर्ने उनको भनाइ छ।

No description available.

लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत नगरका २४ वटै वडामा स्वच्छता, सुरक्षित शौचालय, व्यक्तिगत सरसफाइ तथा फोहोर व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१