Siraha Times
ताजा समाचार

परियार मित्रता समाज कतारको नौमती बाजा बिशेष सास्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

  • साउन २४, २०८३
  • ३५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

आशिक हुसैन शेख दोहा, कतार साउन २४ । परियार मित्रता समाज कतारको विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । समाजले शुक्रबार दोहा स्थित घरवा रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष सुमन नेपाल परियारको सभाध्यक्षता र गैरआवासीय नेपाली संघ, अन्तरास्ट्रिय समन्वय परिषदका उप-महासचिव मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यतामा संस्कृती, सम्मान र पहिचान राष्ट्रिय नौमती बाजा संरक्षण तथा प्रवर्द्धन हाम्रो अभियान विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

No description available.

दिउँसो करिब १ बजे विधिवत रुपमा बाजाका मुख्य व्यक्तिलाई फेटा लगाई राष्ट्रिय नौमती बाजाको पुजा गरि दिप प्रज्ज्वन सङ्गै नेपाली राष्ट्रिय गान बजाए पश्चात् नौमती बाजाकै रौनकमा व्यानर अनावरण गर्दै औपचारिक रुपमा सुरु गरिएको कार्यक्रममा कार्यक्रम संयोजक बालन परियारले स्वागत मन्तव्य राखेका थिए भने कलाकार अनिता परियारले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै स्वागत नृत्य प्रस्तुत गरेकी थिइन ।

No description available.

कतारमा स्थापित विभिन्न संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, कलाकार एवं पत्रकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सम्पुर्ण जिल्ला संस्थाहरुको तर्फबाट स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष घनश्याम अर्याल, प्रदेशबाट सुदुरपश्चिमेली नेपाली समाज कतारका बरिस्ठ उपाध्यक्ष टेकराज थापा, बैचारिक संस्थाबाट अन्तरास्ट्रिय नेपाली समाजका अध्यक्ष राजाराम शाही, नेपाली समाज (जसपा) कतारका अध्यक्ष मनिष यादव, नेपाली जनप्रगतिशील मन्च कतारका महासचिव योगेन्द्र लो तामाङ, दलित एकता संजाल नेपाल कतारका अध्यक्ष प्रकाश विश्वकर्मा (घताने), विश्वकर्मा समाज कतारका अध्यक्ष दिपक विश्वकर्मा तथा समजका संरक्षक सल्लाहकारहरुले मन्तव्य राखेका थिए भने अधिकांशले समाजले आयोजना गरेको उक्त कार्यक्रम एउटा समुदायमा मात्र सिमित नभएर सिङ्गो नेपाल र नेपालीहरुको पहिचान भएको बताउदै यस्तो ऐतिहासिक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

No description available.

कार्यक्रममा परियार मित्रता समाजसङ्ग सहकार्य गर्दै नौमती बाजाको प्रचारप्रसार र विभिन्न कार्यक्रमहरुमा बाजालाई पनि प्राथमिकताको साथ समावेश गराउने जिल्ला संस्थाहरु स्याङ्जा सहयोग समाजका चारवटै इकाई, व्यवसायीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने समाजले विभिन्न कालखण्डमा आयोजना गरेका कार्यक्रमहरुमा साङ्गीतिक प्रस्तुति दिएर सहयोग गर्ने कलाकारहरुलाई रेश्मी सेन्चुरी, बाबू कौशल, पुकार थापा र देव किश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान पत्र र अरु करिव तीन दर्जन कलाकारलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

समाजका महासचिव प्रताप चाहार मुस्कानले शुभकामना मन्तव्य र साङ्गीतिक प्रस्तुतिको अत्यन्तै राम्रो तालमेल मिलाएर सहजीकरण गरेका कार्यक्रममा प्रमुख अतिथी मोहम्मद मुक्तदा मुसलमान, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारका अध्यक्ष कृष्ण पन्थी, संस्थाका प्रमुख संरक्षक ठाकुर कुमार परियार, संरक्षक कृष्ण परियार, प्रमुख सल्लाहकार उषा परियार, सोम परियारलाई दोसल्ला ओढाई कदर पत्र, विश्वकर्मा समाज कतारका अध्यक्ष दिपक विश्वकर्मा, दलित एकता संजाल नेपाल, कतारका अध्यक्ष प्रकाश विश्वकर्मा, बाजा संरक्षक गुप्ता परियारलाई पनि फेटा लगाई दोसल्ला ओढाइ सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम सुरु भए देखि अन्त्यसम्मै अत्यन्तै सङ्गीतमय माहोल बनेको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकारहरुले नेपालको पश्चिमी भेगमा अत्यन्तै प्रचलित सोरठी भाका नृत्य सहित प्रस्तुत गरेका थिए । कार्यक्रम अवधिभर परियार मित्रता समाज कतारका बाजा समूह र संखुवासभा सेवा समाज कतरका बाजा समुहले पनि पुर्बेली भाकामा उत्तिकै मनोरञ्जन प्रदान गरेका थिए भने सम्पुर्ण बाजा समुहलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

राष्ट्रिय नौमती बाजाको इतिहासको बारेमा संम्क्षिप्त जानकारी समाजका संरक्षक कृष्ण परियारले बताएका थिए । कार्यक्रममा विश्वकर्मा सेवा समाज कतारले दुई संस्था बिचको सम्बन्ध अझै धेरै प्रगाढ बनेस भन्ने उद्देश्यले कोसेली प्रदान गरेका थिए भने अध्यक्ष सुमन नेपाल परियार, प्रमुख संरक्षक ठाकुर कुमार परियार, दलित एकता संजाल नेपाल कतारका अध्यक्ष प्रकाश विश्वकर्मालाई सम्मान स्वरुप फेटा लगाएर सम्मान गरिएको थिए । कलाकारहरु बावु कौशल, रेश्मी सेन्चेरी, नारायण देवकोटा, पुकार थापा, रामकृष्ण परियार, देव विश्वकर्मा, बिशन वि.सी, राजन परियार, तारा बि.सी लगायतका कलाकारहरुको साङ्गीतिक प्रस्तुतिले माहोल झनै उत्साहित बनाइदिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मोहम्मद मुक्तदा मुसलमानले कार्यक्रमको मुक्त कण्ठले तारिफ गर्दै दोहामा स्थापित जातीय संस्थाहरुको कार्यक्रमहरु मध्य र आफ्नो कतार बसाई भरिकै उत्कृष्ट कार्यक्रमको अवलोकन गर्न पाएको र यस्तो अविस्मरणीय कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने अवसर प्रदान गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे । उनले थप बोल्दै राष्ट्रिय नौमती बाजा संरक्षण तथा प्रवर्द्धनको निमित्त समाजले जुन कार्य गरिरहेको छ यो कार्य सरकारले गर्नु पर्ने बताए । नेपाल र नेपालीहरुको संस्कार, संस्कृति, भेषभुषा, मौलिक परम्परा सहितको पहिचान विश्वसामु पुर्याउन परदेशमा भएका नेपालीहरुले जतिकै सरकारले पनि चासो दिने हो भने यस्ता खालका लोपोन्मुख साँस्कृतिक सौर्न्दर्यहरु हेरेर विश्वले तारिफ गर्नेमा कुनै दुइमत नहुने पनि मुक्तदाको भनाई रहेको थियो ।

अन्त्यमा सभाध्यक्ष सुमन नेपाल परियारले कार्यक्रम अपेक्षा गरेभन्दा राम्रो र सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएकोमा आफू अत्यन्तै खुशी भएको बताए उनले यसरी कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने सम्पुर्ण कार्यसमिति टिम र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने संघ संस्था, व्यक्ति, कलाकार तथा पत्रकारहरु सबैलाई एकमुष्ट आभार व्यक्त गरे । परियारले नौमती बाजा वास्तवमै कुनै एउटा जाती वा सम्प्रदायले संरक्षण गर्दै आएको भए पनि यो राष्ट्रकै पहिचान बोकेको बाजा भकोले राष्ट्रिय स्तरबाटै संरक्षण र प्रवर्द्धन गर्ने जरुरी रहेको बताए ।

कार्यक्रम लाई अझै धेरै मनोरञ्जनात्मक बनाउन भाग्यशाली चिठ्ठा पनि राखिएको थियो जस अन्तर्गतको पहिलो पुरस्कार एचपी बान्डको ल्यापटप गायिका गुना मगर "निशु"ले जितेकी थिइन भने दोस्रो ट्याब, तेस्रो स्मार्ट फोन र सान्त्वना ५ जनालाई स्मार्ट घडी गरि ८ वटा पुरस्कार समावेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

मल अभावले किसान आक्र ...

रहमुल,लहान, २४ साउन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ मिर्जापुर चौकमा मलखाद वितरणको विषय ...

बालविवाहको जोखिममा र ...

गोलबजार, सिरहा, २४ साउन । मुक्ति नेपालको आयोजनामा गोलबजार नगरपालिका–१३ को वडा कार्यालयमा बालवि ...

ग्रामीण विकास केन्द् ...

रामअधार यादव रौतहट श्रावण २४ । ग्रामीण विकास केन्द्र नेपाल, लौकाहा–४, परोहा नगरपालिकाको २४औँ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१