Siraha Times
ताजा समाचार

नारामा होइन, व्यवहारमा स्वच्छता उतार्ने लक्ष्यसहित लहानको ‘घर–घरको शान’ अभियान

  • साउन २२, २०८३
  • ४८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान,साउन २२ । स्वच्छता सम्बन्धी जनचेतनालाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले लहान नगरपालिकाले सञ्चालन गरिरहेको “‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत शुक्रबार वडा नं ३ को बिहारपुर टोलमा जनचेतनामूलक सडक नाटक तथा स्वच्छता र्याली आयोजना गरिएको छ।

No description available.

नगरपालिकाले अभियानलाई औपचारिक कार्यक्रममा सीमित नराखी नगरका सबै वडामा नियमित रूपमा सडक नाटक, स्वच्छता र्याली तथा अन्य सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै नागरिकमा स्वच्छता सम्बन्धी सचेतना अभिवृद्धि गर्ने अभियानलाई तीव्रता दिएको जनाएको छ।

No description available.

कार्यक्रममा स्थानीय युवा, महिला, बालबालिका तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले “गहना–ज्वेलरी, रूप–सिङ्गार, शौचालय बिना जीवन बेकार”, “स्वच्छता अपनाऔँ, बिरामी हटाऔँ” र “शौचालय हाम्रो सभ्यताको इज्जत हो” लगायतका नारासहित बिहारपुर क्षेत्रको परिक्रमा गर्दै स्वच्छताको सन्देश प्रवाह गरेका थिए।

No description available.

र्यालीपछि प्रस्तुत गरिएको सडक नाटकमा शौचालयको नियमित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरण संरक्षण तथा खुला दिसामुक्त अवस्थाको दिगोपनालाई स्थानीय परिवेशसँग जोडेर प्रस्तुत गरिएको थियो। कलाकारहरूले मनोरञ्जनात्मक शैलीमा स्वच्छता, स्वास्थ्य र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई उजागर गर्दै सरसफाइलाई दैनिक जीवनको अभिन्न अभ्यास बनाउनुपर्ने सन्देश दिएका थिए।

No description available.

नाटकको मुख्य सन्देश “शौचालय मर्यादासँग जोडिएको छ, शौचालय हाम्रो शान हो” रहेको थियो। प्रस्तुतिमार्फत शौचालयलाई केवल भौतिक संरचना नभई स्वास्थ्य, आत्मसम्मान, पारिवारिक प्रतिष्ठा र सभ्य समाजको आधारका रूपमा व्याख्या गरिएको थियो। साथै स्वच्छ वातावरण निर्माणमा प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक रहने विषयमा पनि जोड दिइएको थियो।

No description available.

कार्यक्रमप्रति स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूले सडक नाटकजस्ता सिर्जनात्मक माध्यमबाट प्रवाह गरिने सन्देश समुदायमा प्रभावकारी रूपमा पुग्ने र व्यवहार परिवर्तनमा समेत सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले स्वच्छ नगर निर्माणका लागि भौतिक पूर्वाधार मात्र पर्याप्त नहुने उल्लेख गर्दै नागरिकको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए।

No description available.

“घर–घरको शान, स्वच्छता अभियान” सरसफाइमा मात्र केन्द्रित कार्यक्रम होइन, यो नागरिकको सोच, बानी र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान हो। स्वच्छ र स्वस्थ लहान निर्माणका लागि जनचेतना अभिवृद्धि र नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ। त्यसैले नगरपालिकाले प्रत्येक वडामा सिर्जनात्मक कार्यक्रममार्फत स्वच्छताको सन्देश समुदायसम्म पुर्याउँदै अभियानलाई निरन्तरता दिएको छौ उनले भने।

No description available.

उनका अनुसार अभियानले शौचालयको नियमित तथा दिगो प्रयोगलाई प्रवर्द्धन गर्नुका साथै व्यक्तिगत तथा वातावरणीय सरसफाइलाई दैनिक जीवनशैलीको हिस्सा बनाउने र जनस्वास्थ्यमा सुधार ल्याउने लक्ष्य राखेको छ। नगरपालिकाले आगामी दिनमा पनि नगरका विभिन्न वडा तथा टोलमा सडक नाटक, स्वच्छता र्याली, अन्तरक्रिया तथा अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै स्वच्छ, स्वस्थ र व्यवस्थित लहान निर्माणको अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

लागूऔषध सेवन गरी सवा ...

रहमुल, लहान, ७ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार् ...

ठाडीमा सशस्त्र प्रहर ...

कुलानन्द यादव लहान असोज ६ । सिरहाको ठाडी सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याइएको सामान भन्सार प्रक ...

सुखीपुरमा सामाजिक सु ...

ओम प्रकाश यादव लहान असोज ६ । सुखीपुर नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१