ताजा समाचार

स्वच्छ तथा सफा घर अभियानअन्तर्गत अर्नामा–२ मा सरसफाइ सामग्री वितरण

  • असार १६, २०८३
  • ५७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार १६। सिरहाको अर्नामा गाउँपालिका–२ स्थित महरा टोलमा प्लान इन्टरनेसनल नेपाल र दलित जनकल्याण युवा क्लबको संयुक्त साझेदारीमा सञ्चालित "सबल बालिका, सबल समुदाय (SaBaSS) परियोजना" अन्तर्गत "स्वच्छ तथा सफा घर अभियान" का लागि आवश्यक सरसफाइ सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार आयोजित कार्यक्रममा अर्नामा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष दीपेन्द्र कुमार यादवले अभियानका लाभग्राहीहरूलाई आवश्यक सरसफाइ सामग्री हस्तान्तरण गर्नुभयो। कार्यक्रमको उद्देश्य घरपरिवारलाई स्वच्छ, सफा र स्वस्थ बनाउनुका साथै समुदायमा सरसफाइसम्बन्धी सकारात्मक व्यवहार विकास गर्दै जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। अभियानमार्फत व्यक्तिगत सरसफाइ, घरआँगनको नियमित सफाइ, सुरक्षित वातावरण निर्माण तथा स्वस्थ जीवनशैली अपनाउने विषयमा समेत सहभागीहरूलाई सचेतना प्रदान गरिएको थियो।

वडा अध्यक्ष यादवले स्वच्छता केवल व्यक्तिगत जिम्मेवारी नभई समग्र समुदायको दायित्व भएको उल्लेख गर्दै वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले सरसफाइको संस्कारलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाए मात्र स्वस्थ समाज निर्माण सम्भव हुने बताउनुभयो। आयोजक संस्थाहरूका प्रतिनिधिहरूले स्थानीय सरकार, समुदाय र विकास साझेदारबीचको सहकार्यबाट यस्ता कार्यक्रमले समुदायमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले सरसफाइ, स्वास्थ्य र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउँदै समुदायलाई आत्मनिर्भर र सचेत बनाउने लक्ष्यका साथ परियोजना सञ्चालन भइरहेको जानकारी दिएका छन्।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, परियोजनाका प्रतिनिधि, समुदायका अगुवा तथा लाभग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। "स्वच्छ घर, स्वस्थ परिवार, समृद्ध समुदाय" भन्ने मूल भावलाई आत्मसात् गर्दै सञ्चालन गरिएको यस अभियानले समुदायमा सरसफाइप्रति जिम्मेवारीबोध बढाउने, रोगको जोखिम न्यूनीकरण गर्ने तथा स्वस्थ र समृद्ध समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤