Siraha Times
ताजा समाचार

सानो प्रयास, ठूलो सफलता: सोनमति गाढा माविको आँप बगैंचा अब दीर्घकालीन आयको आधार

  • असार १४, २०८३
  • ३२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, १४ असार । वर्षौंअघि गरिएको सानो प्रयास आज ठूलो सफलतामा परिणत भएको उदाहरण बनेको छ माध्यमिक विद्यालय सोनमति गाढा २०६२ सालमा विद्यालयको दीर्घकालीन आयस्रोत सुनिश्चित गर्ने उद्देश्यले गरिएको वृक्षरोपण अभियान अहिले फलदायी आँप बगैंचामा परिणत भएको छ।

विद्यालयको नाममा रहेको करिब साढे तीन बिघा जग्गासहितको यो सम्पत्ति अहिले करोडौं मूल्य बराबरको सम्पत्तिका रूपमा विकसित भएको स्थानीयको भनाइ छ। तत्कालीन विद्यालय व्यवस्थापन समिति सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख दिनेश महतोका अनुसार विद्यालयको भविष्यलाई आत्मनिर्भर बनाउने सोचका साथ सुरु गरिएको वृक्षरोपण अभियान अहिले सफल भएको हो। उनले अब यो अमूल्य सम्पत्तिको संरक्षणका लागि आँप बगैंचामा तत्काल तारबार (घेराबार) गर्नु आवश्यक रहेको बताए।

उनका अनुसार विद्यालयको सम्पत्ति सुरक्षित राख्न र यसको सही व्यवस्थापन गर्न सके यसले विद्यालयलाई आर्थिक रूपमा सबल मात्र होइन, शैक्षिक रूपमा पनि अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। स्थानीयका अनुसार छर्रापट्टी र गढिया समाजको लामो संघर्ष, मेहनत र एकताले विद्यालय आज सबल अवस्थामा पुगेको हो।

विद्यालयको नाममा रहेको साढे तीन बिघा जग्गालाई केवल बगैंचामा सीमित नराखी विद्यार्थीहरूको व्यवहारिक सिकाइसँग जोडेर कृषि शिक्षाको नमुना केन्द्रका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना देखिएको छ। विद्यालयमा कृषि, बागवानी तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिँदै उक्त जग्गाको उपयोग गर्न सके विद्यार्थीहरूले कक्षाकोठामा सिकेको ज्ञान व्यवहारमा उतार्ने अवसर पाउने विश्वास स्थानीयको छ। यसले विद्यालयको आय वृद्धि गर्नुका साथै व्यावसायिक कृषि प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी विद्यालय CTEVT अन्तर्गतका प्राविधिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्न पनि पूर्ण रूपमा तयार रहेको बताइँदै आएको छ। त्यसका लागि छर्रापट्टी र गढिया समुदायबीच पुनः संयुक्त बैठक बसी साझा निर्णय र सहकार्य अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ। शिक्षा, कृषि र आत्मनिर्भरतालाई एकसाथ अघि बढाउने योजनासहित विद्यालयको सम्पत्तिको संरक्षण र सदुपयोग गर्न सके सोनमति गाढा माध्यमिक विद्यालयले आगामी दिनमा नयाँ इतिहास रच्ने स्थानीयको विश्वास छ।

स्थानीय युवाहरूले पनि आफ्ना पुर्खाले विद्यालय निर्माण र संरक्षणका लागि गरेको योगदानको सम्मान गर्दै यस सम्पत्तिलाई अझ व्यवस्थित बनाइ गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। उनीहरूले सम्बन्धित निकाय, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाको समयमै ध्यान पुग्नुपर्नेमा जोड दिएका छन्।

समयमै संरक्षण, उचित योजना र सामूहिक सहकार्य हुन सके सोनमति गाढा माध्यमिक विद्यालय केवल एउटा शैक्षिक संस्था मात्र नभई शिक्षा, कृषि र आत्मनिर्भरताको नमुना केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१