ताजा समाचार

वाडा अध्यक्ष अमित ठकुरीद्वारा ​पर्यटन प्रवर्धनका लागि धनगढीमाईमा निर्माणाधीन रुद्र गणेश मन्दिरको स्थलगत अनुगमन

  • असार १०, २०८३
  • ६०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

​वीनोद अविरलअसार १०, सिराहा । सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर १४ स्थित अमिलटारमा पर्यटकीय क्षेत्रको विकास र प्रवर्धनका लागि पहल तीव्र पारिएको छ । यसै क्रममा वडा अध्यक्ष अमित ठकुरीको विशेष सक्रियतामा एक महत्त्वपूर्ण स्थलगत अनुगमन सम्पन्न भएको छ । ​वडामा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास गर्ने उद्देश्यले वडा अध्यक्ष ठकुरीले पर्यटन कार्यालय लहानका प्रमुखसहितको प्राविधिक एवं सरकारी टोलीलाई अमिलटार पुर्‍याउनु भएको हो ।

सो टोलीले अमिलटारमा हाल निर्माणाधीन अवस्थामा रहेको रुद्र गणेश मन्दिरको विस्तृत स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । ​निरीक्षणका क्रममा वडा अध्यक्ष अमित ठकुरीले वाडा न १४ धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै मन्दिर निर्माण कार्यलाई गुणस्तरीय ढंगले छिटो सम्पन्न गर्न र यसलाई प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न पर्यटन कार्यालयको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । ​"हाम्रो वडालाई धार्मिक र प्राकृतिक पर्यटनको केन्द्र बनाउने हाम्रो संकल्प हो ।

रुद्र गणेश मन्दिरको निर्माणले यहाँको पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने विश्वास लिएका छौँ," वडा अध्यक्ष ठकुरीले भन्नुभयो । ​अनुगमन टोलीमा सहभागी पर्यटन कार्यालय लहानका प्रमुख तथा अन्य पदाधिकारीहरूले मन्दिरको निर्माण कार्य र आसपासको वातावरणीय अवस्थाको प्रगतिको मूल्यांकन गर्दै यस क्षेत्रको विकासका लागि आवश्यक बजेट, योजना र प्राविधिक सहयोगका लागि सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । ​यस अनुगमनले आगामी दिनमा अमिलटार क्षेत्रलाई सिराहा जिल्लाकै एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थप मद्दत पुग्ने स्थानीयवासीले आशा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤