ताजा समाचार

साउदी अरबमा अलपत्र परेका सुरुङ्गाका मृगेन्द्र मण्डलको उद्धारको माग

  • असार ७, २०८३
  • ८०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्डल साउदी अरबमा अलपत्र परेपछि उनको उद्धार तथा स्वदेश फिर्ताका लागि परिवारजनले सरकार र सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका छन्।

परिवारका अनुसार मण्डल रोजगारीका लागि साउदी अरब गएका थिए। उनी करिब १५ वर्षअघि भएको एक सडक दुर्घटनासम्बन्धी मुद्दामा ६ वर्ष कैद सजाय भुक्तान गरी नेपाल फर्किएका थिए। सजाय पूरा गरेपछि करिब ५–६ वर्ष नेपालमै बसेर पुनः वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए। हाल कम्पनीसँग भएको दुई वर्षे रोजगारी सम्झौता पूरा गरी नेपाल फर्किने क्रममा विमानस्थलमा उनीमाथि ‘ट्राभल ब्यान’ रहेको जानकारी गराइएको थियो। त्यसपछि उनले साउदी अरबस्थित नेपाली दूतावाससँग पटक–पटक सम्पर्क गरे पनि पुरानो दुर्घटनासम्बन्धी मुद्दा देखाउँदै नेपाल फर्कन नमिल्ने जानकारी दिइएको बताइएको छ।

मण्डलमाथि ३ लाख ३० हजार साउदी रियाल जरिवाना रहेको भनिए पनि सो सम्बन्धी कुनै आधिकारिक अदालत वा सरकारी निकायको कागजात उपलब्ध नगराइएको पीडित पक्षको भनाइ छ। साथै, नेपाली दूतावासबाट समेत आवश्यक कानुनी तथा कूटनीतिक सहयोग प्राप्त हुन नसकेको गुनासो गरिएको छ। ट्राभल ब्यानका कारण मण्डल हाल साउदी अरबको दमाम क्षेत्रमा अलपत्र परेका छन्। रोजगारी समाप्त भइसकेकाले खानपिन, बसोबास तथा दैनिक जीवनयापनमा समेत गम्भीर समस्या भोग्नुपरेको परिवारले जनाएको छ।

पीडित परिवारले नेपाल सरकार, वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय, साउदी अरबस्थित नेपाली दूतावास तथा सम्बन्धित निकायलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाई मण्डललाई यथाशीघ्र स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरेको छ। पीडित मृगेन्द्र कुमार मण्डलले आफूलाई लागेको आरोप, जरिवाना तथा ट्राभल ब्यानसम्बन्धी स्पष्ट जानकारी उपलब्ध गराई न्यायोचित समाधान खोज्न सम्बन्धित निकायसँग अनुरोध गरेका छन्।

पीडित मण्डल हाल साउदी अरबको दमाममा रहेका छन्। उनका अनुसार आफूले सजाय भुक्तान गरिसकेको पुरानो मुद्दाकै आधारमा पुनः स्वदेश फर्कन रोक लगाइनु अन्यायपूर्ण भएको भन्दै आवश्यक सहयोगका लागि सबैसँग अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤