Siraha Times
ताजा समाचार

मानव अधिकार संरक्षणमा सक्रियता बढाउने प्रतिबद्धतासहित एमनेस्टी नेपालको सिरहा नेतृत्व चयन

  • वैशाख २७, २०८३
  • ३३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान २७ वैशाख । मानव अधिकार, सामाजिक न्याय र नागरिक उत्तरदायित्वको क्षेत्रमा सक्रिय रहेको Amnesty International Nepal समूह ८१ को जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सुरेन्द्र कुमार महतोलाई जिल्ला अध्यक्षमा चयन गर्दै ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रिनु कर्ण तथा कोषाध्यक्षमा प्रभा नायक चयन भएका छन्।

अधिवेशनमा सहभागी प्रतिनिधिहरूले मानव अधिकार संरक्षण, सामाजिक समानता तथा न्याय सुनिश्चित गर्न जिल्लास्तरमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि नेपाल मानव अधिकार संगठनका मधेश प्रदेश जिल्ला सभापति तथा सिरहा जिल्ला सभापति विमल ठाकुर रहेका थिए। कार्यक्रममा संगठनका केन्द्रीय सम्पादक राजकुमार राउत, शंकर गुप्ता, पत्रकार महेश कुमार महतो, शीतल शाह, आशिष शाह, अशोक महतो, बद्रीनारायण महतो तथा मुकेश महतो लगायतको उपस्थिति रहेको थियो।

रिता महतोको अध्यक्षतामा सम्पन्न अधिवेशनमा बोल्दै वरिष्ठ मानव अधिकारकर्मी राजकुमार राउतले लोकतान्त्रिक समाज निर्माणका लागि मानव अधिकारको सम्मान, अभिव्यक्ति स्वतन्त्रता र नागरिक सचेतना अत्यावश्यक रहेको बताए। उनले मानव अधिकारको संरक्षण केवल संस्थागत दायित्व मात्र नभई समाजका सबै नागरिकको साझा जिम्मेवारी भएको धारणा व्यक्त गरे। नवनिर्वाचित अध्यक्ष सुरेन्द्र कुमार महतोले मानव अधिकार, न्याय, समानता र सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थालाई अझ सक्रिय र परिणाममुखी बनाइने बताए।

उनले पद केवल सम्मान नभई जिम्मेवारी भएको उल्लेख गर्दै इमानदारी, पारदर्शिता र समर्पणका साथ दायित्व पूरा गर्ने प्रतिबद्धता जनाए। उनले नयाँ कार्यसमितिसँग सहकार्य गर्दै जिल्लामा मानव अधिकारसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन, नागरिक अधिकार संरक्षण तथा सामाजिक न्यायका सवालमा प्रभावकारी पहल गरिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१