Siraha Times
ताजा समाचार

सिरहामा खाद्य सुरक्षा र पोषण सुधारका लागि बहस पैरवी कार्यक्रम सुरु

  • वैशाख १८, २०८३
  • ५२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, १८ वैशाख, सिरहा । सिरहा जिल्लामा खाद्य सुरक्षा सुदृढीकरण र एकीकृत पोषण सुधारका लागि जिल्ला स्तरीय बहस पैरवी कार्यक्रम बर्दिवासमा सुरु भएको छ। जिसस सिरहाका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्य तथा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख कृष्ण देव यादवको अध्यक्षतामा कार्यक्रम सञ्चालन भइरहेको जिसस सिरहा सचिवालयले जनाएको छ।

कार्यक्रममा सिरहा जिल्लाका सबै १७ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता रहेको छ। स्थानीय तहदेखि प्रदेशस्तरसम्म समन्वय बढाउँदै पोषण र खाद्य सुरक्षासम्बन्धी नीति, योजना तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा विद्यमान कुपोषण, खाद्य असुरक्षा तथा स्वास्थ्यसम्बन्धी चुनौतीहरूबारे सरोकारवालाबीच गहन छलफल गर्दै समाधानका साझा रणनीति तय गर्नु रहेको आयोजकले जनाएका छन्। साथै, स्थानीय तहहरूमा सञ्चालित पोषणसम्बन्धी कार्यक्रमहरूको समीक्षा गर्दै आगामी योजना थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

बहस पैरवी कार्यक्रममार्फत पोषणमैत्री नीति निर्माण, स्रोत व्यवस्थापन, बहुक्षेत्रीय समन्वय र समुदायस्तरसम्म सेवा विस्तारमा जोड दिइएको छ। कार्यक्रममा सहभागीहरूले खाद्य सुरक्षा सुनिश्चित गर्न कृषि, स्वास्थ्य, शिक्षा र स्थानीय शासनबीचको सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रमुख अतिथि दिनेश महतोले खाद्य सुरक्षा र पोषण सुधारलाई विकासको आधारस्तम्भका रूपमा लिनुपर्ने उल्लेख गर्दै स्थानीय तहहरूले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। अध्यक्षता गरिरहेका कृष्ण देव यादवले पोषण सुधारका लागि एकीकृत प्रयास अपरिहार्य रहेको भन्दै सबै निकायबीच सहकार्य र जिम्मेवारी बाँडफाँट आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमले जिल्लामा खाद्य सुरक्षा र पोषणसम्बन्धी दीर्घकालीन योजना निर्माण, नीति सुधार तथा कार्यान्वयनमा ठोस दिशा प्रदान गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१