Siraha Times
ताजा समाचार

सशक्त, समृद्ध, सम्मानित किसान सबल महासंघद्वारा आगलागी प्रभावित परिवारलाई राहत सामग्री वितरण

  • वैशाख १७, २०८३
  • ५०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान वैशाख १७। सशक्त, समृद्ध, सम्मानित किसान सबल महासंघले आगलागीबाट प्रभावित परिवारहरूको पीडामा साथ दिँदै सिरहाको सुखिपुर नगरपालिका वडा नं. १० मा राहत सामग्री वितरण गरेको छ। मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आयोजित उक्त कार्यक्रममा आगलागीबाट घर तथा दैनिक उपभोगका सामग्री गुमाएका दलित परिवारलाई आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो। राष्ट्रिय कृषक समूह महासंघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा केयर नेपाल तथा आई डी ई को सहकार्य रहेको थियो। आगलागीका कारण घर तथा दैनिक उपभोगका सामग्री गुमाएका परिवारलाई तत्काल राहत पुर्या उने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

हालै भएको आगलागी घटनाले दलित बस्तीमा ठूलो क्षति पुर्या्एको थियो। आगलागीका कारण उक्त परिवारहरुको घरमा रहेका भाँडाकुँडा, लत्ताकपडा तथा अन्य दैनिक आवश्यक सामग्री नष्ट भएका थिए। यस्तो कठिन परिस्थितिमा राष्ट्रिय कृषक समूह महासंघले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराई सहयोगको हात बढाएको हो।

पिडित ६ दलित परिवार राजा राम सदाय, श्री राम सदाय, श्याम कुमार सदाय, मनटुन सदाय, निरसा सदाय तथा विजय सदाय रहेका छन्। उनीहरूलाई जीवनयापन सहज बनाउन आवश्यक घरायसी सामग्री वितरण गरिएको महासंघले जनाएको छ।

वितरण गरिएको राहत सामग्रीमा प्रत्येक परिवारलाई एक/एक थान प्रेसर कुकर, बाल्टी, कराही, डेप्ची, पानी खाने जग, गिलास तथा पन्याउ प्रदान गरिएको थियो। साथै पाँच/पाँच थान थाली र कचौरा समेत उपलब्ध गराइएको थियो। आगलागीका कारण आधारभूत सामग्रीसमेत गुमाएका परिवारका लागि यी सामग्री अत्यन्त उपयोगी हुने महासंघका सचिब यामुन प्रसाद यादवले बताएका ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका सचिव यामुन प्रसाद यादव सहित स्थानीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सचिव यादवले विपद्को समयमा पीडित नागरिकलाई साथ दिनु संस्थाको कर्तव्य भएको बताए। उनले आगामी दिनमा पनि समाजका विपन्न, पीडित तथा समस्यामा परेका समुदायको पक्षमा महासंघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीहरूले महासंघको यो मानवीय कार्यको प्रशंसा गरेका छन्। आगलागीपीडित परिवारले कठिन समयमा सहयोग प्राप्त हुँदा राहत महसुस भएको बताएका छन्। उनीहरूले अन्य संघसंस्था तथा सरोकारवालालाई पनि विपद्पीडितको साथमा उभिन आग्रह गरेका छन्।

सामाजिक सेवामा सक्रिय सशक्त, समृद्ध, सम्मानित किसान सबल महासंघ ले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ। विपद्को घडीमा गरिएको यो राहत वितरण कार्यक्रमले पीडित परिवारमा नयाँ आशा र भरोसा जगाएको स्थानीयहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१