कश्मीर भिडन्तमा सेना सन्दीप थापाको मृत्यु

  • भदौ १, २०७६
  • १२६० पटक पढिएको
  • श्रीकान्त झा
alt

श्रीनगर । पाकिस्तानी सेनाले कश्मीरस्थित भारतसँगको सीमाक्षेत्र नौसेरास्थित भारतीय सेनाको चौकीमा आक्रमण गर्दा भारतीय सेनाका लेसनायक सन्दीप थापा मा*रिएका छन्। भारत सरकारले जम्मू कश्मीर राज्यलाई पुनर्गठन गर्ने निर्णय गरेसँगै पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिँदै गएको अवस्थामा पाकिस्तानी सेनाले भारतीय सैनिक चौकीलाई लक्षित गरी आक्रमण गरेको हो । पाकिस्तानको आक्रमणपछि भारतीय सेनाले गरेको जवाफी कारवाहीमा पाकिस्तानी सेनाको सुरक्षा चौकी ध्वस्त पारिएको भारतको दैनिक भाष्कर अखबारको अनलाइन संस्करणले जनाएको छ । पाकिस्तानी सेनाले युद्धविरामको उल्लङ्घन गर्दै बिहान साढे ६ बजे आसपास आ*क्रमण गरेको बताइएको छ । मारिने भारतीय सेनाका लेसनायक सन्दीप थापा उत्तराखण्डस्थित देहरादूनका नेपाली मूलका भारतीय नागरिक रहेको बताइएको छ । भारतीय रक्षामन्त्रालयका अनुसार पाकिस्तानी सेनाले मोर्टार लगायतका साना ह*तियारमार्फत भारतीय सुरक्षा चौकीमा आ*क्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सुरुङ्गामा ३ दिने नि ...

रहमुल,लहान १ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगम ...

जसपा नेपाल सिरहा क्ष ...

ओम प्रकाश यादव लहान पुस ०१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ ...

लहान रा.उ.अस्पताल जग ...

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१