ताजा समाचार

कश्मीर भिडन्तमा सेना सन्दीप थापाको मृत्यु

  • भदौ १, २०७६
  • १३८५ पटक पढिएको
  • श्रीकान्त झा
alt

श्रीनगर १ । पाकिस्तानी सेनाले कश्मीरस्थित भारतसँगको सीमाक्षेत्र नौसेरास्थित भारतीय सेनाको चौकीमा आक्रमण गर्दा भारतीय सेनाका लेसनायक सन्दीप थापा मा*रिएका छन्। भारत सरकारले जम्मू कश्मीर राज्यलाई पुनर्गठन गर्ने निर्णय गरेसँगै पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिँदै गएको अवस्थामा पाकिस्तानी सेनाले भारतीय सैनिक चौकीलाई लक्षित गरी आक्रमण गरेको हो । पाकिस्तानको आक्रमणपछि भारतीय सेनाले गरेको जवाफी कारवाहीमा पाकिस्तानी सेनाको सुरक्षा चौकी ध्वस्त पारिएको भारतको दैनिक भाष्कर अखबारको अनलाइन संस्करणले जनाएको छ । पाकिस्तानी सेनाले युद्धविरामको उल्लङ्घन गर्दै बिहान साढे ६ बजे आसपास आ*क्रमण गरेको बताइएको छ । मारिने भारतीय सेनाका लेसनायक सन्दीप थापा उत्तराखण्डस्थित देहरादूनका नेपाली मूलका भारतीय नागरिक रहेको बताइएको छ । भारतीय रक्षामन्त्रालयका अनुसार पाकिस्तानी सेनाले मोर्टार लगायतका साना ह*तियारमार्फत भारतीय सुरक्षा चौकीमा आ*क्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤