उत्तर प्रसूति घरभेट (PNC Home Visit) कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

  • चैत २३, २०८२
  • १३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन गरिएको उत्तर प्रसूति घरभेट (PNC Home Visit) कार्यक्रम को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। गाउँपालिकाको सभा हल, सखुवानन्कारकट्टीमा आयोजित उक्त कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिका कार्यपालिकाको कार्यालयद्वारा आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख अशोक कुमार यादव ले PNC Home Visit कार्यक्रम तोकिएको समयसीमाभित्र प्रभावकारी रूपमा सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार पालिकाभित्रका सम्पूर्ण स्वास्थ्यकर्मी टोलीले इमान्दारी र सक्रियताका साथ भूमिका निर्वाह गरेका छन्, जसका कारण सेवा प्रभावकारी बनेको छ। उत्तर प्रसूति घरभेट (PNC Home Visit) कार्यक्रम आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण सामुदायिक सेवा हो।

यसअन्तर्गत स्वास्थ्यकर्मीहरूले प्रसूति पछि घरमै पुगेर आमा र शिशुको स्वास्थ्य अवस्था जाँच गर्नुका साथै आवश्यक परामर्श प्रदान गरिरहेको शाखा प्रमुख यादवले जनाएका छन। प्रमुख साहका अनुसार प्रसूति पछिको पहिलो ४२ दिनलाई सबैभन्दा जोखिमपूर्ण समय मानिने भएकाले यस अवधिमा हुने रक्तस्राव, संक्रमण, स्तनपान समस्या तथा नवजात शिशुको श्वासप्रश्वास जस्ता जटिलता समयमै पहिचान गरी समाधान गर्न यो कार्यक्रम प्रभावकारी रहेको बताइएको छ।

कार्यक्रम विशेषगरी हालै सुत्केरी भएका आमा, नवजात शिशु (०–२८ दिन), जोखिमयुक्त प्रसूति भएका महिला तथा ग्रामीण क्षेत्रका परिवारलाई लक्षित गरिएको छ। यसको मुख्य उद्देश्य आमा र शिशुको ज्यान जोगाउनु, जटिलता चाँडै पहिचान गर्नु, सुरक्षित स्तनपान प्रवर्द्धन गर्नु, सरसफाइ तथा पोषणबारे सचेतना फैलाउनु र आवश्यक परेमा स्वास्थ्य संस्थामा रिफर गर्नु रहेको शाखा प्रमुख यादवले आफ्नो प्रस्तुतीमा बताएका हुन।

प्रस्तुतीमा अझ थप्दै साहले PNC Home Visit अन्तर्गत स्वास्थ्यकर्मीहरूले २४ घण्टा, ३ दिन, ७ दिन र १४ दिनभित्र घरभेट गरी आमा र शिशुको स्वास्थ्य जाँच गर्छन्। यस क्रममा आमाको रक्तस्राव, ज्वरो, स्तनपान अवस्था तथा शिशुको तौल, तापक्रम, सासप्रश्वास र नाभीको अवस्था जाँच गरिन्छ। साथै खोप, परिवार नियोजन तथा खतराका संकेतबारे जानकारी दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष केदारनाथ यादवले मातृ तथा शिशु स्वास्थ्य सुरक्षाका लागि यस्तो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताए।

उनले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको लगानी र सेवाले नागरिकमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राजीव झाले स्वास्थ्य सेवा पहुँच विस्तारमा PNC Home Visit कार्यक्रमको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनेतर्फ जोड दिए। ४ नं. स्वास्थ्य चौकी इन्चार्ज कामेश्वर साह ले मातृशिशु सुरक्षाका लागि सरकारले उपलब्ध गराउँदै आएको खोप अत्यन्त महँगो र महत्वपूर्ण रहेको बताउँदै यसको सही सदुपयोग गर्न र समयमै खोप तथा स्वास्थ्य सेवा लिन सबैलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे।

कार्यक्रम सफलतापूर्वक सञ्चालन भएकोमा पालिकाबासीहरूले खुशी व्यक्त गरेका छन्। गर्भवतीदेखि आमा र नवजात शिशुसम्म लक्षित स्वास्थ्य सेवाले समुदायमा सकारात्मक प्रभाव पारेको र सरकारको यस्तो पहल सराहनीय रहेको उनीहरूको भनाइ छ। PNC Home Visit कार्यक्रमले प्रसूति पछिको संवेदनशील समयमा आमा र शिशुको जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। घरमै पुगेर सेवा दिने व्यवस्था भएकाले विशेषगरी ग्रामीण तथा पहुँचबाहिरका समुदायमा यसको प्रभाव अझ व्यापक र उपयोगी बनेको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

गहुँमा घाटा, किसान स ...

रहमुल, लहान २३ चैत । सिरहा र सप्तरी जिल्लाका किसानहरू यस वर्ष गहुँ खेतीमा भारी घाटा व्यहोर्न बाध्य भ ...

जनताको आवाज केन्द्रम ...

रहमुल, सिरहा २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत तथा का ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१