दाेहामा नेपालीमाथि आक्रमण, एक जनाकाे ज्यान गयाे, ५ घाइते

  • साउन ३०, २०७६
  • १२९५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

साउन २९ । मंगलवार साँझ कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा भएको सां*घातिक आक्रमणमा परि एक जना नेपालीको ज्यान गएको छ । साथै आक्रमणमा परि ५ जना नेपाली नागरिक घा*इते भएको दोहामा रहेको नेपाली राजदूतावासले जनाएको छ ।आक्रमणमा परि सुनसरी घर भएका तबरेज अन्सारीको ज्या*न गएको राजदूतावासले जनाएको छ । अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा का*नुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको राज दूतावासले जानकारी दिएको छ । नेपाली नागरिकमाथि किन र कसले आक्रमण गर्यो भन्ने कुरा दूतावासले केही जानकारी दिएको छैन ।त्यस्तै आक्रमणमा परि घाइते भएका मध्ये गम्भीर अवस्थामा रहेका उमर अन्सारीको हमाद अस्पतालकै आ*ईसीयूमै उपचार भैरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अ*वस्थामा उपचाररत रहेको दूतावासले जनाएको छ ।त्यस्तै घटनामा घाइते भई प्रहरीको नियन्त्रणमा रहेका अकबर मिया र महसुद अन्सारी नेपाली राजदूतावासको टोलीको पहलमा रिहा हुनु भएको छ । घाइतेहरु सबै सुनसरीका बासिन्दा रहेको समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ । मृतक र घाइतेहरुको विस्तृत विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ । त्यस घ*टनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय का*नुनबमोजिम का*रबाही प्रक्रिया अगाडि बढाएको छ ।यस प्रकारका घटनालाई मध्यनजर गर्दै दूतावासले अनावश्यक भि*डभाड हुने ठाउँमा नजान कतारमा रहेका नेपाली नागरिकलाई आ*ग्रह गरेको छ । त्यस्ता ठाउँमा जानै पर्ने भएमा स*तर्कता अपनाउनसमेत दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१