ताजा समाचार

वैदेशिक रोजगारीमा रहेका यादवद्वारा गाउँको मुसहर बस्तीमा राहत वितरण

  • चैत २, २०८२
  • ४३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, सिरहा, २ चैत्र । सिरहाको मिर्चैया नगरपालिका–११ सीतापुर निवासी राजलाल यादवले वैदेशिक रोजगारीमा रहेर पनि आफ्नो गाउँ र समुदायप्रति सामाजिक जिम्मेवारी निर्वाह गर्दै उदाहरणीय कार्य गर्दै आएका छन्। विगत तीन चार वर्ष देखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहँदै आएका यादवले वार्षिक बिदामा घर फर्कँदा गाउँका विपन्न परिवारलाई सहयोग गर्दै आएका हुन्। आफ्नो परिवारको भविष्य सुरक्षित बनाउन विदेशमा कडा मेहनत गरिरहे पनि यादवको मन भने सधैं आफ्नो गाउँ र समाज तर्फ केन्द्रित रहेको देखिन्छ।

घर फर्किने क्रममा उनले आफ्नो व्यक्तिगत आवश्यकता भन्दा बाहिर निस्केर गाउँको मुसहर बस्तीमा बसोबास गर्ने सम्पूर्ण परिवारलाई राहत सामग्री वितरण गर्दै आएका छन्। उनको सहयोग बाट स्थानीय विपन्न समुदायका परिवारहरूलाई खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध हुने गरेको स्थानीयवासीले बताएका छन्। यादवको यो मानवीय पहलले समाजमा सहकार्य, आपसी सहयोग र मानवताको भावना बलियो बनाउने सन्देश दिएको छ। स्थानीयहरूका अनुसार विदेशमा बसेर पनि आफ्नो समाजप्रति जिम्मेवारी बोध गर्दै सहयोग गर्ने व्यक्तिहरू विरलै देखिन्छन्।

तर राजलाल यादवले “सेवा नै धर्म हो” भन्ने भावनालाई व्यवहारमै उतार्दै समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्। उनको यस कार्यले गाउँका युवाहरूलाई पनि सामाजिक सेवातर्फ प्रेरित गरेको बताइन्छ। समुदायका अगुवाहरूले यस्ता परोपकारी कार्यले समाजमा सकारात्मक सोच फैलाउने र विपन्न समुदायलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। राजलाल यादवको यस मानवीय तथा परोपकारी कार्यप्रति स्थानीयवासीहरूले सम्मान व्यक्त गर्दै धन्यवाद दिएका छन्। साथै यस्ता सामाजिक कार्यले अरूलाई पनि समाजसेवा तर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤