Siraha Times
ताजा समाचार

पुल निर्माणको पहल : अध्यक्ष यादवद्वारा तामासुईया गाउँमा स्थलगत अनुगमन

  • फागुन ६, २०८२
  • ६३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान फागुन ६ । शिव उदगार यादव (शिवा), अध्यक्ष नवराजपुर गाउँपालिका, ले वडा नं. १ तामासुईया गाउँको उत्तर गेरुवाहा तर्फ जाने बाटोमा पर्ने नदीमा कल्भर्ट तथा पुल नहुँदा स्थानीय किसानहरूले वर्षौंदेखि भोग्दै आएको समस्या समाधानका लागि स्थलगत अनुगमन गर्नुभएको छ।

वर्षायाममा नदीमा पानी बढ्दा आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने, खेतबारीसम्म पुग्न कठिनाइ हुने तथा उत्पादन बजारसम्म ढुवानी गर्न समस्या हुने अवस्था लामो समयदेखि रहँदै आएको स्थानीयहरूको गुनासो छ। विशेषगरी किसानहरूलाई मल–बीउ ढुवानी, कृषिउपज निकासी तथा दैनिक आवतजावतमा सास्ती भोग्नुपरेको छ।

सो समस्यालाई गम्भीर रूपमा लिँदै अध्यक्ष यादवले प्राविधिक टोलीसहित स्थल निरीक्षण गर्नुभएको हो। अनुगमनका क्रममा आवश्यक प्राविधिक अध्ययन, सम्भावित लागत अनुमान तथा निर्माणको प्रारम्भिक खाका तयार पार्ने कार्य अगाडि बढाइएको जानकारी दिइएको छ। अध्यक्ष यादवले उक्त स्थानमा कल्भर्ट तथा पुल निर्माण कार्य चाँडै सुरु गरी चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“स्थानीय नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको यो समस्या समाधान गर्नु हाम्रो पहिलो दायित्व हो,” अध्यक्ष यादवले भन्नुभयो, “किसानको उत्पादन सुरक्षित र सहज रूपमा बजारसम्म पुग्ने वातावरण बनाइनेछ।” स्थानीय बासिन्दाहरूले पनि गाउँपालिकाको यस पहलप्रति खुशी व्यक्त गर्दै निर्माण कार्य शीघ्र सुरु हुनुपर्ने माग गरेका छन्।

उनीहरूले पुल तथा कल्भर्ट निर्माण सम्पन्न भएपछि वर्षौंदेखिको समस्या अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। गाउँपालिकाका अनुसार आवश्यक बजेट व्यवस्थापन तथा प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाइनेछ। यस परियोजना सम्पन्न भएपछि तामासुईया गाउँ र उत्तर गेरुवाहा क्षेत्रका बासिन्दालाई आवतजावतमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१