Siraha Times
ताजा समाचार

मेयर महेश चौधरीद्वारा अनाथ पुष्पा यादवलाई अभिभावकत्व, परिवारलाई राहत सहयोग

  • माघ ५, २०८२
  • ६४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान माघ ५ । लहान नगरपालिका–२४ निवासी परम देवी यादवको निधन भएपछि शोकमा डुबेको परिवारलाई लहान नगरपालिकाका मेयर महेश चौधरी र वडा नं. २४ का अध्यक्ष रासलाल रायले घरमै पुगेर राहत सहयोग गरेका छन्। विपन्न अवस्थाको यो परिवारलाई नगरपालिकाले तत्काल सहयोग प्रदान गर्नुका साथै दीर्घकालीन सहायताको प्रतिबद्धता जनाएको छ। परम देवी यादवका पति हरि यादवको तीन वर्षअघि क्यान्सर रोगका कारण निधन भएको थियो।

आमाबुबा दुवै गुमाइसकेपछि उनका तीन छोरीमध्ये दुई जनाको विवाह भइसकेको छ भने हाल कक्षा ९ मा अध्ययनरत कान्छी छोरी पुष्पा यादव घरमा एक्लै बस्न बाध्य छिन्। परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ। पुष्पा यादवको नाममा कुनै जग्गा–जमिन छैन भने हाल उनीहरू अरुकै जग्गामा बनेको घरमा बसोबास गर्दै आएका छन्। दैनिक गुजारा र पढाइ खर्चका लागि काकाले सहयोग गरिरहेको भए पनि दीर्घकालीन सुनिश्चितता नहुँदा भविष्यप्रति चिन्ता बढेको छ।

यसै सन्दर्भमा मेयर महेश चौधरीले पुष्पा यादवलाई उच्च शिक्षासम्म पढाउने जिम्मेवारी लहान नगरपालिकाले लिने घोषणा गरेका छन्। उनले नगरपालिकाले पुष्पालाई अभिभावकत्व प्रदान गर्दै शिक्षा, संरक्षण र आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। वडा अध्यक्ष रासलाल रायले पनि पीडित परिवारको अवस्थाप्रति चासो व्यक्त गर्दै स्थानीय तहबाट सम्भव सबै सहयोग गरिने बताए।

उनले यस्ता विपन्न र असहाय नागरिकलाई संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गरे। नगरपालिकाको यो पहलले अनाथ र विपन्न अवस्थामा रहेकी पुष्पा यादवको भविष्यप्रति आशा जागेको छ भने स्थानीय स्तरमा सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश प्रवाह भएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१