Siraha Times
ताजा समाचार

पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने सरकारको निर्णय

  • पुस ११, २०८२
  • ६४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । सरकारले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ ।उनले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृती दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको बताए । उनले जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निदेशिका खारेज गर्ने निर्णय भएको पनि जानकारी दिए । यस्तै विभिन्न ९ वटा वटा स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१