Siraha Times
ताजा समाचार

दलित जनकल्याण युवा क्लब लहानको १९औँ वार्षिक सामाजिक लेखाजोखा सम्पन्न

  • पुस ७, २०८२
  • ७६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम लहानस्थित मारवाडी सेवा सदनमा जिल्ला समन्वय समिति (जी.स.स.) सिरहाका प्रमुख दिनेश कुमार महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। समुदायमा पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

 

कार्यक्रममा जी.स.स. प्रमुख महतोले सामाजिक संघ–संस्थाले समाजको कमजोर वर्गको उत्थानमा खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले दलित जनकल्याण युवा क्लबले विगत १९ वर्षदेखि शिक्षा, स्वास्थ्य, सामाजिक सचेतना तथा युवा सशक्तीकरणका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए। उनले यस्ता संस्थासँग स्थानीय तह र अन्य निकायले सहकार्य बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।

क्लबका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा सञ्चालन गरिएका कार्यक्रमहरूको विस्तृत जानकारी गराए। प्रतिवेदन अनुसार दलित तथा विपन्न समुदाय लक्षित शैक्षिक सहयोग, सचेतनामूलक कार्यक्रम, रक्तदान, सरसफाइ अभियान, महिला तथा युवाका लागि सीपमूलक तालिमजस्ता गतिविधि सञ्चालन गरिएका छन्।

कार्यक्रममा कोषाध्यक्षले आय–व्यय विवरण सार्वजनिक गर्दै संस्थाको आर्थिक कारोबार पारदर्शी ढंगले सञ्चालन गरिएको स्पष्ट पारे। आम्दानी सदस्यता शुल्क, सहयोगदाता तथा विभिन्न सामाजिक कार्यक्रमबाट संकलन गरिएको र सो रकम लक्षित वर्गको हितमा खर्च गरिएको जानकारी गराइएको थियो।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले दलित जनकल्याण युवा क्लबले समुदायमा सामाजिक परिवर्तन ल्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा शिक्षा, रोजगारी र सीप विकासका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम ल्याउन सुझाव दिएका थिए। साथै, युवालाई सकारात्मक दिशामा अग्रसर गराउन यस्ता संस्थाको भूमिका झनै आवश्यक रहेको उनीहरूको भनाइ थियो।

क्लबका सचिवले आगामी कार्ययोजना प्रस्तुत गर्दै युवा स्वरोजगार कार्यक्रम, छात्रवृत्ति विस्तार, सामाजिक विभेदविरुद्ध सचेतना अभियान तथा विभिन्न निकायसँग सहकार्य गरी विकासमूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। उनले सबै सरोकारवालाको साथ र सहयोगले मात्र संस्थाको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सहभागीहरूसँग अन्तरक्रिया तथा सुझाव संकलन गरिएको थियो। सहभागीहरूले सामाजिक लेखाजोखा कार्यक्रमले संस्थाको गतिविधि र आर्थिक अवस्थाबारे स्पष्ट जानकारी पाउन सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। दलित जनकल्याण युवा क्लब लहानले आगामी दिनमा पनि समाज रूपान्तरणका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१