ताजा समाचार

लहानका कृषक यादवको प्रेरणादायी सफलता

  • पुस ५, २०८२
  • ७७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनोज बनैता लहान, पुष ५ । लहान नगरपालिका–२० ब्रमाहन गोर्छारीका ४० वर्षीय रुपेश यादवले परम्परागत खेतीबाट अगाडि बढ्दै आधुनिक कृषिलाई आत्मसात् गरेर सफल कृषकका रूपमा आफूलाई स्थापित गरेका छन्। उनले वि.सं. २०७४ सालदेखि सञ्चालन गर्दै आएको खुशी एकीकृत कृषि तथा पोल्ट्री फर्म आज स्थानीयस्तरमै उदाहरणीय बनेको छ।

 

सुरुवातमा सीमित लगानी र चुनौतीका बाबजुद रुपेश यादवले आत्मविश्वास, परिश्रम र निरन्तर सिकाइलाई आफ्नो बल बनाए। हाल फर्ममा करिब १ हजार २ सय चल्ला रहेका छन्। पोल्ट्रीसँगै एकीकृत कृषि प्रणाली अपनाएर उनले उत्पादन, आम्दानी र रोजगारी तीनै क्षेत्रमा सकारात्मक योगदान पुर्‍याइरहेका छन्।

रुपेश यादवका अनुसार सुरुआती दिनमा रोग, बजार अभाव र लागत व्यवस्थापन जस्ता समस्या थिए। तर सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त तालिम, अनुभवी कृषकको सल्लाह र आफ्नै मेहनतले ती चुनौती पार गर्न सफल भए। आज उनको फर्मबाट उत्पादित कुखुरा स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ। उनको यो प्रयासले केवल पारिवारिक आर्थिक अवस्था मजबुत बनाएको छैन, गाउँका युवालाई पनि कृषितर्फ आकर्षित गरेको छ। “परदेशिनु नै सफलता होइन, आफ्नै ठाउँमा सम्भावना खोजे सफल हुन सकिन्छ,” रुपेश यादव भन्छन्।

स्थानीय तहका कृषिविज्ञहरू रुपेश यादवको फर्मलाई नमुना फार्मका रूपमा हेर्ने गरेका छन्। योजनाबद्ध रूपमा व्यवसाय विस्तार गर्दै आगामी दिनमा उत्पादन अझ बढाउने लक्ष्य उनको छ। रुपेश यादवको यो सफलताको कथा आत्मनिर्भर नेपाल निर्माणमा कृषि र पोल्ट्री व्यवसायको सम्भावना कति व्यापक छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤