Siraha Times
ताजा समाचार

‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तर्गत र्याली तथा कोणसभा भगवानपुरमा

  • मंसिर २३, २०८२
  • ७७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, मंसिर २३ । ३४ औं ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’को अवसरमा भगवानपुर गाउँपालिका, सिरहामा मंसिर २३ गते मंगलबार र्याली तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ। डिजिटल क्षेत्रमा बढ्दै गएको हिंसा तथा महिलामाथि हुने सबै प्रकारका हिंसालाई अन्त्य गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा “UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS” भन्ने मूल नारालाई आत्मसात गर्दै किशोरी, महिलामात्र नभई स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी र समुदायका विभिन्न तहका व्यक्तिहरूको सहभागीता रहेको थियो। कार्यक्रमको समन्वय समग्र जनउत्थान केन्द्र लहान,राष्ट्रिय कृषक समुह महासंघ नेपाल, केयर नेपाल, आईडिई, साथ साथ सिकाई केन्द्र, किशोरी अधिकार मञ्च भगवानपुर र ईलाका प्रहरी कार्यालय भगवानपुरले गरेको थियो ।

सहभागिहरूले लैङ्गिक हिंसाको विरुद्धमा सामूहिक आवाज उठाउँदै सजगता र जागरूकता फैलाउनु आजको आवश्यकता रहेको बताउँदै बजार क्षेत्र परिक्रमा गर्दै याली निकालेका थिए। कोणसभामा वक्ताहरूले यौन जन्य, मनोवैज्ञानिक, आर्थिक तथा डिजिटल हिंसा महिलामाथि बढ्दै गएको वर्तमान अवस्थामा परिवारदेखि विद्यालय, वडादेखि पालिका र सञ्चारमाध्यम सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले महिला तथा किशोरीको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सकिने प्रभावकारी मार्गहरू समुदायमा पुर्‍याउने उद्देश्य बोकेको बताइएको छ। यसैगरी, सहभागीहरूले हिंसा सहनु नपर्ने र हिंसा हुनेबित्तिकै उजुरी, जानकारी र कानुनी सहायता लिनुपर्ने सन्देशसहित स्थानीय बस्तीमा जनचेतना फैलाएका थिए। कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै आगामी दिनमा अझ मजबुत अभियान संचालन गर्ने प्रतिबद्धता गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१