उमेश यादवको लागि माफीनामा लिन पाकिस्तान आएको १४ दिन भयो। पाकिस्तानी परिवारले माफीनामा हस्ताक्षर गरि सकेको छ, ब्लडमनी वापत पाउनु पर्ने पारू. ३० लाखको चेक हाम्रो दुतावासबाट प्राप्त गरिसकेका छन्। तर यंहाको परराष्ट्र मन्त्रालयबाट कागजातहरू अटेस्टेड हुन वाकि छ। तिन दिन देखी यंहाको मोफामा कुदीरहेको छु, तर मोफाले माफीनामा मा हस्ताक्षर गरेको परिवारको सबै सदस्य लाई मोफा ल्याउन भन्दैछ। हुनत् परिवारको सबै सदस्यले एकजनालाई अख्तियारनामा दिएको छ र उंहा पनि संगै छ तर मोफाले मानेन।
फैसलावादमा बसोवास गरिरहेका मृतक मोहम्मद लतिफको पांचै दाजुभाई र अर्को निकाह गरेर लाहौरमा बसोवास गरिरहेकी उंहाको श्रिमति सबैलाई एक साथ इसलामावाद बोलाउन निकै गाह्रो रहे तापनि धेरै प्रयाश पछि सबैजना आज आउंदै छन्। सबैजना आए पश्चात कुनै थप कानुनी जटीलता आएन भन्ने एक दुई दिन मै मोफाबाट अटेस्टेशनको काम पुरा हुन्छ होला। तर २ हप्ताको लागि पाकिस्तान आएको मेरो भिसा आज समाप्त हुंदैछ। आज रातीको नेपाल फर्किन हवाई टिकट पनि रद्द गरेको छु। म नआएको भए माफीनामा पत्र कुनै हालतमा बन्ने थिएन, त्यसैले भिसा सके पनि यसपाली नै सबै कार्य सकाएर फर्किने मन बनाएको छु। आशा गरू भिसा सके पनि ठुलो झमेला नपरोस् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved