धनगढीमाईमा लागूऔषध नियन्त्रण तथा सेवा प्रवाह विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

  • वैशाख २२, २०८२
  • २६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान वैशाख २२ । जिल्ला प्रशासन कार्यालय सिरहाको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय सिरहाको समन्वय र धन्गढीमाई नगरपालिकाको सहजीकरणमा "लागूऔषध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम" सम्पन्न भएको छ। उक्त कार्यक्रम धन्गढीमाई नगरपालिका कार्यालयमा आयोजना गरिएको थियो, जसमा सरोकारवाला निकायका प्रमुख प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन देवनन्दन ठाकुरले गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। प्रमुख अतिथिका रूपमा धन्गढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतो सहभागी हुनु भयो। यस्तै, विशिष्ट अतिथिका रूपमा धनगढ़ीमाई नगरपालिकाका उप-प्रमुख संगीता कुमारी चौधरीको उपस्थिति रहेको थियो। कार्यक्रममा अनन्तराज शर्मा तथा धनगढ़ीमाई नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरू अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा विभिन्न वक्ताहरूले लागूऔषधको दुरुपयोगले समुदायमा पारेको असरबारे गम्भीर चिन्ता व्यक्त गरे। प्रमुख अतिथि महतोले युवामाझ बढ्दो लागूऔषधको प्रयोगले समाजलाई नै विकृत बनाउँदै लगेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि स्थानीय तह, प्रहरी, विद्यालय, अभिभावक र समुदायबीच सशक्त सहकार्यको आवश्यकता औंल्याए। उहाँले नगरपालिकाले लागूऔषधविरुद्ध सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा यस अभियानलाई अघि बढाइने प्रतिबद्धता जनाउनुभयो। प्रमुख जिल्ला अधिकारी अर्यालले सरकारले लागूऔषध नियन्त्रणको लागि विभिन्न नीति तथा कार्यक्रम अघि सारेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमै लागुऔषधको आपूर्ति श्रृंखला रोक्न सकिने भएकाले गाउँगाउँमा निगरानी संयन्त्र बलियो बनाउनु पर्ने धारणा राख्नुभयो।

उप-प्रमुख संगीता चौधरीले युवालाई नशा मुक्त बनाउने कामलाई समाज परिवर्तनको अभियानका रूपमा लिनुपर्ने बताउँदै विद्यालय र क्याम्पस स्तरमै सचेतना कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो। अन्य वक्ताहरूले सेवा प्रवाहमा देखिएका चुनौतीहरू, पुनर्स्थापना केन्द्रहरूको आवश्यकता, लागूऔषध सेवन गर्ने व्यक्तिको उपचार र पुनः सामाजिक एकीकरणका उपायबारे पनि धारणा राखेका थिए। साथै, उनीहरूले लागूऔषध नियन्त्रणका लागि कानूनी पक्ष, अभिभावकीय भूमिका, शैक्षिक संस्थाको उत्तरदायित्व र सुरक्षाकर्मीहरूको सक्रियतालाई एकसाथ जोड्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागीहरूले समुदायलाई लक्षित सचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय शिक्षण सामाग्री, आमसञ्चारमार्फत सन्देश प्रवाह, पुनःस्थापना सेवाहरूको विस्तार र लागूऔषध कारोबारीमाथि कडाइ गर्ने विषयमा सहमति व्यक्त गरेका थिए। कार्यक्रमको समापनमा आयोजक कार्यालयका प्रतिनिधिले सबै सरोकारवाला निकायबीच समन्वय गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ४७ जना गर ...

रहमुल लहान वैशाख २२ । लहान नगरपालिका–२२ मा सोमबार ४७ जना गर्भवती तथा सुत्केरी महिलालाई पोषण प् ...

नवराजपुर गाउँपालिकाल ...

Translator         रहमुल लहान वैशाख २२ । नवराजपुर गाउँपालिकाले सा ...

कपिलवस्तुमा नीलगाई म ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको महाराजगंज नगरपालिका- ६ सानो बुटहनिया स्थित उखु बारीमा २ वटा नीलग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१