वित्तीय शोषण विरुद्ध किसान-मजदुर जनआन्दोलन नेपाल’को प्रथम जिल्ला सम्मेलन मिर्चैयामा सम्पन्न

  • चैत २८, २०८१
  • ५१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २८ चैत । “सम्पूर्ण वित्तीय मजदुर एक होऔँ ! वित्तीय शोषण तथा उत्पीडन विरुद्ध संघर्ष गरौँ !” भन्ने मुख्य नाराका साथ ‘वित्तीय शोषण विरुद्ध किसान-मजदुर जनआन्दोलन नेपाल’को प्रथम जिल्ला सम्मेलन बुधबार सिरहाको मिर्चैयास्थित माओवादी पार्टी कार्यालयमा सम्पन्न भएको छ। सम्मेलनको आयोजना ‘वित्तीय शोषण विरुद्ध किसान-मजदुर जनआन्दोलन नेपाल’ जिल्ला समिति, सिरहाले गरेको हो।

कार्यक्रमको अध्यक्षता केन्द्रिय अध्यक्ष पुनम कुमारी महतोले गरेकी थिइन् भने प्रमुख अतिथिको रूपमा मनोज कुमार पासमान सहभागी थिए। विशिष्ट अतिथिहरुमा शनेही विकास, श्यामसुन्दर यादव, भूमिराज चौधरी, शैकल खातुन, राजेश्वर यादव, लालबाबु कामैत, जितेन्द्र यादव, रञ्जना चौधरी, रामबाबु यादव, हरेराम यादव, भरोसी महतो, शत्रुधन गुप्ता, चन्दर यादव र निता यादव रहेका थिए।

May be an image of 3 people

सम्मेलनअघि मिर्चैया बजारमा जुलुस निकालिएको थियो, जसले एनआईसी बैंकसम्म पुगेपछि विरोध प्रदर्शनमा परिणत भएको थियो। सहभागीहरूले वित्तीय शोषणविरुद्ध नाराबाजी गर्दै लघुवित्त संस्थाहरूको मनपरी व्यवहारको विरोध गरे।

May be an image of 9 people and people studying

कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य शिव चरन लेखीले जोडदार रूपमा मन्तव्य दिँदै भने, “एउटा औंलालाई जो कोहीले भाँच्न सक्छ, तर पाँच औंला एक भएर उठे भने कसैले केही गर्न सक्दैन। यदि बैंकहरूले पीडितहरूलाई दुख दिन्छन् भने हामीले पनि तिनीहरूलाई शान्तिसँग बस्न दिने छैनौँ।” उनले आन्दोलनको आवश्यकता र संगठनको एकताको महत्त्वलाई जोड दिए।

May be an image of 3 people and dais

त्यसैगरी, विशिष्ट अतिथि श्यामसुन्दर यादवले २०८२ सालको शुभकामना दिंदै आफ्नो सम्बोधन सुरु गरे। उनले सम्मेलनका लागि आफूले ५०० भन्दा बढी व्यक्तिहरूसँग सम्पर्क गरेको तर अपेक्षित सहभागिता नदेखिएको भन्दै केही निराशा प्रकट गरे। साथै, उनले चेतावनी दिए, “धनीहरूले ऋण असुलीका नाममा गाली-गलौज गर्छन् भने त्यस्ता तत्वलाई कालो मोसो दल्नुपर्छ। कसैले कसैलाई भूमिहिन बनाउन सक्दैन, यो लोकतन्त्र हो। डाक लिलामी गर्न पाइँदैन, प्रहरी प्रशासनले पीडितसँग असहयोग गरिरहेको छ।”

सम्मेलनकी अध्यक्ष पुनम कुमारी महतोले निकै भावुक सम्बोधन गर्दै भनिन्, “म सडकको मान्छे हुँ, किनभने शोषणधारीहरूले हाम्रो सबै थोक खोसेर हामीलाई सडकमा ल्याइपुर्‍याएका छन्।” उनले लघुवित्त संस्थाका संचालकहरूले महिलामाथि यौन शोषण गरेको आरोपसमेत लगाइन्। “हामी महिला दिदीबहिनीलाई ऋणका नाममा डर, धम्की र चरम शोषण गरिएको छ,” उनले भनिन्। साथै, उनले विना नागरिकता ऋण दिने, तमसुक नफिर्ता गर्ने, मनपरी ब्याज लिने जस्ता कार्यका विरुद्ध संघर्ष जारी रहने बताइन्।

सम्मेलनमा सहभागी वक्ताहरूले लघुवित्त संस्था तथा बैंकहरूको ऋण असुलीका नाममा भइरहेको ज्यादती, जनताको जग्गा डाक लिलामी गर्ने चलन, र प्रहरी प्रशासनको मौनताबारे गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले तमसुक फिर्ता नभएसम्म ऋण नतिर्ने अडानसमेत दोहोर्‍याए।

कार्यक्रमले वित्तीय संस्थाका नाममा भइरहेको अव्यवस्था र शोषणविरुद्ध एकीकृत आवाज उठाउँदै आन्दोलनलाई सशक्त बनाउने संकल्प व्यक्त गर्दै समापन गरिएको थियो। सम्मेलनमा गाउँगाउँबाट आएका किसान, मजदुर र पीडितहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

“विशेष, संरक्षित र स ...

ओम प्रकाश यादव लहान २९ चैत ।“आदिवासी दनुवारको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत ...

सुरुङ्गा नगरपालिका-५ ...

रहमुल लहान २६ चैत । सुरुङ्गा नगरपालिका -५ लाई “बालमैत्री स्थानीय शासन वडा” घोष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१