ताजा समाचार

लहानमा सिंग्राहीदेखि मरवाडी सेवा सदनसम्मको अस्फाल्ट कन्सर्ट सडक निर्माण हुने

  • फागुन २७, २०८१
  • ८३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, लहान — लहान नगरपालिकाको वडा नं. ७ स्थित मरवाडी सेवा सदनदेखि सिंग्राही १ सम्मको अस्फाल्ट कन्सर्ट सडक निर्माण कार्यको सिलान्यास भएको छ। लहानका मेयर महेश प्रसाद चौधरीले उक्त सडक निर्माणले स्थानीय बासिन्दा मात्र नभई लहान ७ लाई व्यापारिक रूपमा नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।सिलान्यास कार्यक्रममा लहान ७ का वडा अध्यक्ष राम औतार शर्माले वर्तमान नगरप्रमुखको नेतृत्वमा विकास निर्माण कार्यहरू तीव्र गतिमा अघि बढिरहेको बताए। उनले स्थानीयबासीहरू विकासका यस्ता योजनाहरूले हर्षित भएको बताए।
लहान नगरपालिकाको कार्यपालिकाका अनुसार "सिंग्राही हाइवेदेखि मरवाडी सेवा सदन लहान" सम्मको सडक सुधार कार्यको ठेक्का सम्झौता अनुुसार, कुल लागत रु. ३२,१९,४७६६.४६ (भ्याटसहित) रहेको छ। उक्त कार्य मिति २०८१/११/०६ मा सम्झौता भई २०८३/०३/२० भित्र सम्पन्न गरिनेछ। निर्माण कार्य मा पोखरिया निर्माण सेवा, लहान-०१, सिरहाले गर्नेछ।

मुख्य रूपमा उक्त सडक अस्फाल्ट कन्सर्ट प्रविधिमा निर्माण गरिनेछ, जसले दीर्घकालीन रूपमा मजबुत र टिकाउ हुने अपेक्षा गरिएको छ। स्थानियहरूले यो योजना सफलतापूर्वक सम्पन्न भएमा यातायात तथा व्यापारिक गतिबिधिमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤