एच.पि.भी. खोप अभियान - २०८१: पूर्ण खोप, सुरक्षित भविष्य

  • माघ १२, २०८१
  • ८६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान माघ १२ । लहान नगरपालिकाको आयोजनामा पालिका स्तरिय खोप समन्वय समितिको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथी मेयर महेश प्रसाद चौधरी थिए भने लहान नगरपालिका स्वास्थ्य कार्यालय प्रमुख रमानन्द चौधरी, गोविन्दपुर स्वास्थ्य चौकीका इन्चार्ज गङ्गाराम साह, र जिल्ल स्वास्थ्य कर्यालयकाअधिकृत सुनिता कडेलले खोपसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेका थिए।

कार्यक्रम लहान नगर सभाहलमा २०८१ माघ ११ गते बिहान ११:०० बजे आयोजना गरिएको थियो। एच.पि.भी. खोप अभियानको उद्देश्य एच.पि.भी. खोप अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने लक्ष्य राखेको छ। अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय जान नसक्ने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप प्रदान गरिन्छ। यो वर्ष अभियानमा Cecolin (सिकोलिन) नामक खोप उपलब्ध छ। यसले एच.पि.भी. भाइरसका १६ र १८ प्रजातिबाट हुने संक्रमण रोक्न मद्दत गर्दछ। यी दुई प्रजाति पाठेघरको मुखको क्यान्सरका करिब ७१% केसको कारण हुन्।

--- खोप कार्यक्रमका मुख्य बुँदाहरू

1. खोप उपलब्धता: खोप निशुल्क प्रदान गरिनेछ। खोप विद्यालयमा सञ्चालन हुने खोप केन्द्र र स्वास्थ्य संस्थामा उपलब्ध हुनेछ। 2. लक्षित समूह: कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू। विद्यालय नजाने १०-१४ वर्ष उमेरका किशोरीहरू।                    3. खोपको आवश्यकता: पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाको मृत्युको पहिलो कारण हो। नेपालमा हरेक वर्ष २,१६९ महिलालाई यो रोग लाग्छ, जसबाट १,३१३ महिलाको मृत्यु हुन्छ। खोपले पाठेघरको मुखको क्यान्सर लाग्नबाट सुरक्षित बनाउँछ। 4. सम्भावित प्रतिकूल असरहरू: सुई लगाएको स्थानमा दुखाइ, रातोपन, ज्वरो, टाउको दुखाइ, वाकवाकी जस्ता सामान्य लक्षणहरू हुन सक्छन्। यो खोप सुरक्षित छ, र गम्भीर असरका घटना अत्यन्त कम छन्।                                                    5. खोप दिन नहुने अवस्थाहरू: १० वर्षभन्दा कम उमेरका किशोरी। गर्भवती महिला। खोपको कुनै तत्वबाट एलर्जी भएको व्यक्ति।

--- पाठेघरको मुखको क्यान्सरको समस्या र समाधान नेपालमा क्यान्सरबाट मृत्यु हुने १० जना महिलामध्ये ९ जना गरिब देशका हुन्छन्। पाठेघरको मुखको क्यान्सरको लक्षण सुरुवाती चरणमा देखिँदैन। बारम्बारको संक्रमणका कारण १०-१५ वर्षभित्र यो रोगले जटिल रूप लिन सक्छ। मुख्य लक्षणहरू: तल्लो पेट दुखाइ। योनीबाट गन्हाउने पानी बग्ने। अनियमित रूपमा रगत बग्ने। यो रोगबाट बच्न: नियमित परीक्षण। ३० वर्षमाथिका महिलाले प्रत्येक ५ वर्षमा परीक्षण गराउनुपर्छ। एच.आई.भी. संक्रमित महिलाले २५ वर्षदेखि प्रत्येक ३ वर्षमा परीक्षण गराउनु पर्छ। किशोरी उमेरमै एच.पि.भी. खोप लगाउनु जरुरी छ।

--- निष्कर्ष लहान नगरपालिकाद्वारा सञ्चालित एच.पि.भी. खोप अभियानले किशोरीहरूलाई सुरक्षित भविष्य सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। खोप अभियानले समाजमा चेतना फैलाउँदै पाठेघरको मुखको क्यान्सरबाट बचाउन सहयोग गर्नेछ। "खोप निशुल्क पाइन्छ। खोपले सुरक्षित बनाउँछ।"

प्रतिक्रिया दिनुहोस

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

औषधी ऐन २०३५ को दफा ...

लहान मंसिर १६ । औषधि क्षेत्रका सरोकारवालाहरूले औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर्नुपर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१