Siraha Times
ताजा समाचार

औषधी ऐन २०३५ को दफा ११(५) खारेजीको मागसहित संघर्ष समितिको आन्दोलन तीव्र

  • मंसिर १६, २०८२
  • ६०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान मंसिर १६ । औषधि क्षेत्रका सरोकारवालाहरूले औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर्नुपर्ने माग गर्दै सोमबार लहानमा विरोध प्रदर्शन तथा सभा गरेका छन्। “हाम्रो जायज माग पूरा गर” भन्ने नारासहित संघर्ष समिति एवं नाडा अध्यक्ष प्रिय रंजन उपाध्यायले भन्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएको छ।

संघर्ष समितिका अनुसार सो दफा व्यवहारिक छैन, व्यवसायीमैत्री होइन, र औषधी व्यवस्थापन तथा वितरण प्रणालीमा अनावश्यक दबाब सिर्जना गरेको छ। संघर्ष समितिका प्रतिनिधिहरूले सरकारद्वारा बारम्बार सुनुवाइ नहुँदा सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन्। विरोध प्रदर्शनमा सहभागीहरूले दफा ११(५) ले औषधि वितरण गर्ने व्यवसायी तथा संस्थालाई अनावश्यक रूपमा सीमित गर्ने, सेवा अवरोध हुने र जनतालाई सजिलै उपलब्ध हुनुपर्ने औषधिमा प्रभाव पर्ने बताए।

सभा दौरान सम्बोधन गर्दै संघर्ष समितिका पदाधिकारीहरूले भने, “सरकारले हामीले उठाएका व्यावहारिक समस्या र मागलाई गम्भीरतापूर्वक नलिँदा अब दवाबमूलक कार्यक्रम अघि बढाउनुपरेको हो। हाम्रो माग न्यायसंगत छ, तसर्थ तत्काल ऐन संशोधन वा विवादित दफा खारेज गर्नुपर्छ।” संघर्ष समितिले जनाए अनुसार माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन जारी रहनेछ। आगामी दिनमा जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम विस्तार गर्ने तयारीसमेत गरिएको छ। यसअघि पनि विभिन्न जिल्ला तथा औषधि व्यवसायी संघहरूले सो दफा खारेजीका लागि धेरैपटक माग दर्ता गराएका थिए तर सरकारको तर्फबाट ठोस कदम नचालिँदा असन्तुष्टि बढ्दै गएको संघर्ष समितिको आरोप छ।

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१