ताजा समाचार

नहरकाे विषयमा कसको के रहयो धारणा ?

  • कार्तिक २९, २०८१
  • ११५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान कार्तिक २९ । लहान नगरपालिकाले बुधबार खुटी नहर निर्माण विषयमा देखिएका विवाद सम्बन्धमा समाधानका लागि छलफल गर्न सर्वदलीय र सर्वपक्षीय भेला बोलाएका थिए । त्यसमा दुई थरिका विचार आएका छन् । एउटा हाे- नगरपालिकाले नहर विकासकाे काम रोक्नुपर्छ खुला नहर नै हुनुपर्छ भन्ने अर्काे हो-बजार एरिया अन्डरग्राउण्ड र खेतीयोग्य जग्गा भएको ठाउँमा खुला राख्ने । 

जसमध्ये नेकपा एमालेका नगर अध्यक्ष राजकुमार साह, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नगर सभापति लभ मण्डल, नेकपा एसका नगर अध्यक्ष विनोद साह र कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री पदम नारायण चौधरीका अनुसार नहर खुला हुनुपर्छ । यहाँ सबैले भुमिकासहित धेरै भनाइ राखेका थिए । अन्तिम कुरा मात्रै उल्लेख छ ।

त्यसपछि एमाले नेता तथा पूर्व मेयर प्रकाश केसी, कांग्रेस नेता रामसुन्दर चौधरी, मधेस प्रदेश सभा सदस्य ललिता दास, मेयर महेश चौधरी, उपमेयर रामचलितर महताे, जसपा नेता ई. वैजनाथ साह, नेकपा माओवादी केन्द्रका प्रतिनिधि उमेश साह, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारदा, कांग्रेस नेता तृप्तलाल यादव(बद्री), वडाअध्यक्षहरु बद्री चौधरी, गणेश चौधरी, रामअवतार शर्मा, रामनाथ पंडितलगायतले बजारमा एरिया (वडा-६,७, र ८) मा अन्डरग्राउण्ड र खेतीयोग्य जमिन भएको ठाउँमा नहर खुला राख्ने धारणा व्यक्त गरेका थिए ।

लहान नगरपालिकाकाे तर्फबाट धारणासहित एजेन्डा निमित प्रमुख प्रशासकीय अधिकृत ई. शत्रुधन चौधरीले प्रस्तुत गरेका थिए । जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय सिरहाका प्रमुख हसमत अन्सारीले नगरपालिकाले थालेको कामबाट पानी प्रवाहमा कुनै समस्या नहुने र यो हेडर्वक निर्माणमा लागेकाे खर्चमा महालेखा परिक्षक कार्यालयले बेरुजु देखाएपछि विगत ३ वर्षदेखि थप बजेट नआएको जानकारी गराएका थिए । बजेट नहुदाँ अलपत्र परेको छ । नगरपालिकाले थालेकाे कामबाट झन सिचाइलाई सहयोग पुगेकाे उनकाे आश्य थियाे ।

सिरहा प्रमुख जिल्ला अधिकारीले केन्द्रीय सिचाइ मन्त्रालयबाट विज्ञ टोली ल्याई अध्ययन गराई सोही अनुसार अगाडि बढ्दा विवाद समाधान हुने आफ्नो धारणा राखेका थिए । त्यसमा मेयर महेश चौधरीले समर्थन जनाएका छन् । विज्ञकाे प्रतिवेदन अनुसार अगाडि बढ्ने अगामी मंसिरकाे पहिलो हप्तामा थप छलफल जनाएका छन् । बैठकका लागि संघीय सांसद रामशकंर यादव, गंगा यादव, मधेस प्रदेशसभा सदस्य राजेन्द्र चौधरी, राजु गुप्ता, पूर्व मेयर लगनलाल चौधरी, मुनी साह र खुटी खोला सिचाइ संघर्ष समितिलाई पनि बोलाएको थियाे तर, उनीहरू उपस्थिति जनाएन । लहान पोस्ट

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤