ओम प्रकाश यादव असोज २७ । रास्ट्रियता , समाजवाद र लोकतान्त्रिक गणतन्त्र संघीयता प्रादेशिक स्वायत्तता र समृद्ध अर्थतन्त्र मूल नाराका साथ सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर २ मा बितेको हिन्दुहरुकोमहान चाड वडादंसै तथा आउने शुभ-दिपावली,छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सहित कार्यकर्ता भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपालि कांग्रेस प्रत्यासी उमेदवार देवनाथ यादवको विशेष पहलमा लहान नगर पालिका वडा २ इस्लाम टोलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम वडा नम्बर २ का वडाध्यक्ष सियाराम यादवको अध्यक्षता भएको हो भने प्रमुख अतिथि लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी थियो ,विशिष्ठ अतिथिको रुपमा नेपाली कांग्रेस प्रत्यासी उमेदवार देव नाथ यादव,नगर सभापति संजय यादव,वडा नम्बर २ का वडा सदस्य लाल मोहम्मद क्षेत्रीय प्रतिनिधि फुल मोहम्मद, मो.मुस्तुफा , मो.गफुर ,मो.खुर्सिद,हरि नारायण यादव, मोहमुदा खातुन ,मोहम्मद आलम,रोशन यादव ,जय नारायण यादव ,मोलाना मुस्तफा शितली देवी राम ,कमल सदाय ,शारदा देवी महतो ,पुर्व वडा अध्यक्ष बिहारी यादव, वरिष्ठ कार्यकर्ता बिलेक्षण महतो,पत्रकार एम महतो सहितका उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्द्घोसकका प्रमुख भूमिकामा रहेका विजय यादवले सुरुदेखि लिएर अन्तिमसम्म आफ्ना बेजोर प्रस्तुतिकारणले कार्यक्रमा बसेका सम्पूर्ण कार्यकर्ताका मन जित्न सफल भएका थिए भने कार्यक्रमको सुरुवात भने क्षेत्रीय प्रतिनिधि शैलेश यादवले गर्नुभएको थियो उहाले पार्टी र संस्था कुनै व्यक्ति विशेषले चल्दैन यदि प्रत्येक जनता एक भएर गयो भने पार्टी र संस्था बेजोर तरिकाले चल्छ भन्दै सुरुवात गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै हरि नारायण यादवले कृषिमा लगानी गर्नु अत्तिनै आवश्यक देखिएको र कृषिका लागि पनि शिक्षा हुनु अत्ति नै आवश्यक रहेको यादवले आफ्ना व्यक्त प्रस्ट गर्नु भएको थियो ।
कार्यक्रममा मस्जिद,मदर्शा,कबरिस्तान,सडक र सडक बत्ति समेत मेयर महेश चौधरीकै देन हो वडा नम्बर २ भने मदर्शाका लागि विद्यार्थी बस्ने बेन्च टेबलको आवस्यक रहेको हुनाले उक्त बेन्च टेबलको प्रवन्ध यथासिघ्र गरिदिए अत्ति उत्तम हुनेछन साथै यसै वर्ष कक्षा ५ बाट कमसे काम कक्षा ६ सम्म सन्चालन गरिदिए केन्द्रबाट पनि केहि अनुदान हामीले लिन सक्ने समेत मोलाना मुस्ताकले लहान नगर प्रमुख संग अनुरोध गरे ।
आफु काठमाण्डौबाट राजनीति गरेको भएर सायद यहाका कुराहरु प्राय थाहा नभएको हुन् सक्छ तर वडा कार्यालय विद्यालयकै छेउमा बन्यो भने विद्यालय पनि सुरक्षित हुन्छ र चाडै नै विद्यालय नजिकै वडा कार्यालय र स्वास्थ चौकी समेत बन्ने छन भने मेरो पूर्ण विस्वास छ साथै जनतालाइ सम्बोधन गर्दै यसमा मेरो कुनै किसिमको कमजोरी नभएको नगर सभापति संजय यादवले आफ्ना धारणा व्यक्त गर्दै गर्दा त्याहा एक जना अपांगका लागि यदि वडा अध्यक्षले सिफारिस गरेर दियो भने १५ -२० दिनमै ह्विल चेयरको व्यवस्था गरेर दिन सक्छु मेरो एउटा साथी हुनुहुन्छ ४-५ वटा चेयर भन्ने बित्तिकै ल्याउन सकिन्छ ।
अन्तिममा लहान नगरपालिका वडा नमबर २ का लागि मैले ५ लाख कबरिस्तानका लागि बजेट दिएका थिए तर काम पूर्णरुपले सम्पन्न भएन फेरी पनि यसै वर्ष कबरिस्तानका लागि काम पूर्ण रुपले सक्ने गरि बजेट दिने लहान – कटहा हाइवे यसै वर्ष बनाईने वडा कार्यालयका लागि सर्बे र टेन्डर समेत भैसकेको छ केहि दिनमै कामको थालनी हुने भएका छन् इस्लाम टोलमा केहि मीटर सडक ढलानको काम बाकि रहेको सडकको काम पनि जिम्मा समेत वडा अध्यक्ष सियाराम यादवलाई दिइसकेको छ । भने मदर्शाका लागि एक लाख पचास हजार बराबरको बेन्च डेस्कका लागि समेत जिम्मा लगाई सक्नु भएको छ वडा नम्बर २ का कुनै पनि नागरिकले दुख नपायोस मेयर महेश चौधरीले आस्वासन समेत दिए ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic