"संक्षिप्त खुला पत्र"

  • साउन १२, २०८१
  • ७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मो रक्षति रक्षित: राष्ट्रो रक्षति रक्षित: ।।

विद्वान, बुद्धिमान, विद्वत यी सब अलग-अलग कुरा हुन् है ! बिरोधका लागि बिरोध गरेर भाइरल हुनकै लागि मनोगत रोगले ग्रस्त आत्मरतिमा रमाउने र काल्पनिक लोकप्रियता कै लागि स्वाँठ जस्तै कुतर्क गरेर बस्नेलाई के नै भन्न सकिन्छ र ? समय (काल) बलवान् हुन्छ र समय (काल) ले कसैलाई बक्सदैन एकदम निर्मम हुन्छ भन्ने तथ्य सबैले आत्मसात गरेकै बेस । "आफैले आफुलाई नै नङ्गयाउँदै आफैले ताली पडकाउँदै रमाउने प्रवृत्ति" जुन देखिदैछ त्यसलाई नै "मेन्टलफोबिया" भनिन्छ । अहिले बाजारमा विभिन्न माध्यमको प्रयोग गर्दै "श्री पशुपति विराट कोटीहोम महायज्ञ एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ -२०८१" को कु-तार्किक बिरोध गर्ने हरु को को कुन स्वार्थमा विरोध गरिरहेका छन् ति सबैको हिसाबकिताब अवस्य पनि राष्ट्रिय आराध्यदेव श्री पशुपतिनाथले राखेको हुनुपर्छ ! हामी त आफ्नो सम्पूर्ण ध्यान शक्ति सामर्थ्य कोटिहोम महायज्ञमा केन्दृत गरेका छौं !

हेक्का रहोस्, "भोलि सामुने पर्दा मुख देखाउन समेत लाज लाग्न सक्ने वातावरण आफैले निर्माण नगरौं !" "इतिहास एकदमै निर्मम हुन्छ भने तथ्यलाई कोहि कसैले बिर्सिने भुल नगरेकै बेस !" "तपाई के गर्दै हुनुहुन्छ र तपाइले गरिरहेको कार्यले देश, समाज, संस्कार, संस्कृति, सभ्यता लाई के कति सकारात्मक वा नकारात्मक फरक पारिरहेको छ, त्यसको हेक्का हामी सबैले राख्नै पर्ने हुन्छ !" "क्षणिक ब्यक्तिगत स्वार्थ, प्रलोभन, प्रभाव, दबाब, सनक, सस्तो - मनोगत - आत्मरतिका लागि गरिएको कार्यले पक्कै पनि तपाई र तपाईका सन्तति तथा समाजलाई भलो गर्ने छैन होला !" "भाइरल हुने भाइरस ले ग्रस्त मनोगतवादिता बाट माथी उठौं र मानवतावादलाई स्वीकार गरौं !" "साउनको ३२ पछि पनि तपाई, म र हामी यहि देश, समाज मा रहने बस्ने होला नि है, त्यो पनि हेक्का रहोस् !

" "पाप र पुण्य तथा धर्म र अधर्मका ब्याख्यान गर्दै हिडेका ती स्वघोषित महामानवहरुको यो देश, समाज र वैदिक सनातन धर्म, संस्कृति, परम्पराको जगेर्ना तथा संरक्षणमा के कति योगदान छ त्यो कुरा कोहि कसैबाट छुपेको लुकेको छैन, त्यो पनि हेक्का रहोस् !" "खोतल्दै जाने हो भने सायद कोहि बाँकी रहदैन्न होला !" "यो जुट्ने समय हो, फुट्ने र फुटाउने समय बिल्कुलै होइन है !" भनिन्छ नि, "संघे शक्ति कलियुगे" ! "एकता मा नै बल हुन्छ, भन्ने यथार्थ कसैले नभुलौं !" "आफै आफै जुधेर - फुटेर परिणाम के हुँदोरहेछ भन्ने कुराको पनि हेक्का रहोस् !" तपाईले गरेका ती कुतर्क ले पहिला तपाई र तपाईको सन्ततिलाई नै बेफाइदा हुने हो, त्यो पनि हेक्का रहोस् ! यो कोटिहोम महायज्ञ राष्ट्रिय आराध्यदेव पशुपतिनाथको रेखदेख र निगरानीमा हुँदै गरेको तथ्यलाई कोहि कसैले नजरअन्दाज गर्ने भुल नगर्नुहोला ! त्यसैले त यो इतिहास कै दिब्य, भब्य, अलौकिक, अकल्पनीय, अविश्वसनीय, अद्भुत भनेर आज पुरा विश्वले स्वीकार गरिसकेको अवस्था छ ! "भाइ फुटे, गवार लूटे" भन्ने उखानलाई भुल्ने कुचेष्टा कोहि कसैबाट नहोस् , त्यो नै बुद्धिमानी हुनेछ !

"छद्मभेषी दुस्मन शक्ति" को दुरगामी षडयन्त्रलाई सबैले बुझ्ने र त्यसलाई एकजुट भएर पछार्ने कोसिस गरौं न कि ती दुस्मन शक्तिलाई बल पुर्याउने भगिरथ प्रयत्न ! लेख्न र भन्न त थुप्रै कुराहरु छन् तर समय अभावको कारण अन्त्यमा यति मात्र भन्छु कि, ऐनाको अगाडि उभिएर आफ्नै छातीमा हात राखेर आफ्नै सखा-सन्तानको कसम खाएर आफैलाई सोध्नुस् त, के तपाईले गरिरहेको विरोध ठिक छ त ?, तपाईका ती विरोधका स्वरले कसलाई फाइदा पुर्याइरहेको छ त ?, तपाई कसका निम्ति के गर्दै हुनुहुन्छ ? के नेपालीत्व र नेपालीपना बचाउने र त्यसको जगेर्ना - संरक्षण - संवर्द्धन - प्रवर्द्धन गर्ने दायित्व तपाईको होइन ?, मामाको घर अनाथ आश्रम र छोरीको घर बृद्धा-आश्रममा रहेका ती अनाथ - असहाय आमाबुबा - बच्चाहरु प्रती तपाईको केही दायित्व छैन त ? बालयोगेश्वर विजय कृष्णमुर्ती जी महाराज को थिए र को हुन, उनी कहाँका हुन् , उनि को थिए, के - के गरे, यी र यस्ता ब्यक्तिगत नकारात्मक संकिर्ण सोंच-भावना-प्रश्नहरुको गोलचक्रमा रमाउने र समय खेर फाल्ने समय होइन यो ।

उनको भुत सँग मलाई मतलब छैन मलाई त उनको वर्तमान सँग मतलब छ र उनले देखेको र देखाएको भविष्य सँग मात्र मतलब छ, त्यसैले निशर्त- निस्वार्थ सहयोग समर्थन सहकार्यमा छु र तपाई सबैलाई सहयोग समर्थन सहकार्यका लागि सादर अपील पनि गर्दछु । रत्नाकार लाई त हामी परम पुज्य परम वन्दनीय मात्रै होइन कि भगवान नै मानेर "वाल्मीकि" को रुपमा पुजा गर्दछौं ! उनैले लेखेका रामायण लाई वाचन मात्र गर्दैनौं कि बैज्ञानिक रुपमै प्रमाणीकरण समेत भइसकेको अवस्था छ । श्रीमद्भागवत गीता लाई आत्मसात गरौं !

म ब्यक्तिगत रुपमा, श्रीमद्भागवत गीता को अध्याय २ को श्लोक ४७ मा विश्वास गर्ने ब्यक्ति हो, है ! "कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥ ४७ ॥" ।। सबैलाई चेतना भया ।। राष्ट्रिय आराध्यदेव श्री पशुपतिनाथले सबैलाई सद्भुद्धि प्रदान गरुन् ।।

डा. मनोज कुमार झा (डा. मनोज मुक्ति "विवेक")

राष्ट्रिय संयोजक

राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान

प्रतिक्रिया दिनुहोस

अल्ट्रा अभियानले मकव ...

रंजित चौरसिया,वीरगंज १ कार्तिक । पर्सा जिल्लाका स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा बिगत लामो समय देख ...

६९ औं प्रहरी दिवस यस ...

बिरेन्द्र प्रसाद नेपाल लहान असोज ३० गते । जिल्ला प्रहरी सिरहाले बुधबार आज श्रद्धाञ्जली समारोह , अमर ...

बोदे बर्साईनमा छैठौं ...

रहमुल लहान २९ असोज। सप्तरीको बोदेबर्साइन नगरपालिकामा हिजो छैठो मेयर गोल्डकप फुटवल प्रतियोगिता संघिय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१