शम्भु चैधरी लहान २ चैत्र । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिक धार पोखरभिण्डा पर्साको विद्यालय व्यवस्थापन समिति सर्वसम्मतिले गठन भएका छन् । महेश्वर कामैतको अध्यक्षतामा चार सदस्य समिति गठन भएको छ । सदस्यहरुमा क्रमशः राजलाल यादव,चन्द्रकला चौधरी,देवकी यादव रहेका छन् । बाँकी दुईजनामा एकजना दाता परिवारवाट र एक जना अन्य वाट गरी दुईजनाको नाम शुक्रबार मनोनयन गर्ने वडा २ का वडा अध्यक्ष राम चन्द्र चौधरीले बताए ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष कामैतका अनुसार म दोस्रो कार्यकालको लागी चुनिएको छु र विगतमा बटुलेका अनुभवलाई सगालदै अगाडी बढने बताए । यता विधालयका प्र अ पशुपति साहका अनुसार यो सफलता यहाँका समाजको सफलता हो, युवाको सफलता हो, बुद्धिजिविको सफलता हो । विगतका अनुभवी तथा युवा यस विधालयका अध्यक्ष पदमा आउनु भएको छ अवश्य नै शिक्षामा सुधार हुने नै छ त्यसमा म विश्वस्त छु प्र अ साहले बताए । पालिकाका विधालय निरिक्षक राम बालक पासमानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष चतुरानन्द ठाकुले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved